संक्षेपमा रेडियो नेपाल

वि.सं. २००७ साल चैत्र २० गते विधिवत रुपमा स्थापना भएको रेडियो नेपाल मुलुककै अग्रणी श्रव्य सञ्चार माध्यम हो । तात्कालीन प्रसार विभाग अन्तरगत रहेको रेडियो नेपाल विकास समिति ऐन २०१३ वमोजिम २०४१ साल भदौ १ गते विकास समितिमा परिणत भएको थियाे । सार्वजनिक सेवा प्रसारण ऐन २०८१।०७।२३ गतेदेखि सार्वजनिक सेवा प्रसारण संस्था, रेडियो नेपालमा रुपान्तरण भई सञ्चालन हुदै आएको छ ।
यसकाे केन्द्रीय कार्यालय काठमाडौंको सिंहदरवारमा रहेको छ । तीनवटा मिडियम वेभ प्रसारण केन्द्रसहित हाल ७ वटै प्रदेशमा प्रादेशिक प्रसारण कार्यालय तथा काेशी प्रदेशकाे विराटनगरमा तारिणीप्रसाद काेइराला स्मृति सञ्चारग्रामका साथै देशको विभिन्न ३६ वटा एफ.एम. रिले स्टेशनको माध्यमबाट रेडियो नेपालले प्रसारण सेवा विस्तार गरेको छ । यसका साथै वेभपोर्टल www.onlineradionepal.gov.np, www.radionepal.gov.np, www.psbnepal.gov.np र रेडियो नेपाल mobile app मार्फत विश्वभरि पढ्न, सुन्न र हेर्न सकिन्छ । रेडियो नेपाल, नेपालमा सबैभन्दा बढी प्रसारण केन्द्रहरु र एफ.एम. रिले केन्द्रहरु रहेको सर्वाधिक प्रसारण पहुँच भएको प्रसारण माध्यम हो । २४ सै घण्टा प्रसारण हुने रेडियो नेपालले २६ भाषामा समाचार तथा २५ भाषामा कार्यक्रम प्रसार गर्दै आएको छ । आ.व.०८१।८२ को आर्थिक सर्वेक्षण अनुसार रेडियो नेपालको पहुँच ९४ प्रतिशत जनतासम्म पुगेको छ ।

दूरदृष्टि
राष्ट्रिय एकता र समग्र विकासका लागि विश्वसनीय, गुणस्तरीय, अग्रणी, राष्ट्रिय प्रसारण माध्यमको रुपमा क्रियाशील रेडियो नेपाललाई सर्वाधिक श्रोता र प्रसारण पहुँच भएको राष्ट्रिय रेडियो राष्ट्रको सञ्चारको रुपमा विकास गर्ने ।

परिदृष्टि
राष्ट्रिय हितलाई सर्वोपरि राखी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गतिविधिको व्यापक जानकारी दिन र राष्ट्र तथा जनताको आर्थिक, बौद्धिक तथा सामाजिक उत्थानमा सघाउ पुर्‍याउनका लागि मिडियमवेभ तथा एफ.एम. र अनलाइनको माध्यमबाट प्रसारण सेवा सञ्चालन गर्ने ।

लक्ष्य
नेपाली जनताको अभिव्यक्तिको स्वतन्त्रता तथा सूचनाको हकलाई सम्मान गर्दै मुलुकको आर्थिक, सामाजिक, सांस्कृतिक, साहित्यिक, धार्मिक एवं कलात्मक पक्षहरूको जगेर्ना, सम्बर्द्धन गर्न तथा विभिन्न क्षेत्र, जाति, भाषा, धर्म, वर्ग तथा सम्प्रदायबीच भावनात्मक एकता अभिवृद्धि गर्न शैक्षिक, सूचनामूलक, विकासमूलक र मनोरञ्जनात्मक कार्यक्रमहरू एवं राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा भएका महत्वपूर्ण गतिविधिहरूको उत्पादन/प्रसारण गरी जनताको जीवनस्तर उकास्न एवं चेतना अभिवृद्धि गर्न सघाउ पुर्‍याउने ।

समाचार पोर्टल

चौथो त्रैमासिक प्रगति विवरण २०८२/८३ (स्वतः प्रकाशन)
सार्वजनिक सेवा प्रसारण नेपालकाे सञ्चालक समितिमा दुई सदस्य मनोनीत
रेडियो कार्यक्रम ´बुझौ न´ शुक्रवारदेखि प्रसारण हुने
सार्वजनिक सेवा प्रसारण नेपाल, रेडियो नेपालको लोक सेवा आयोगबाट लिइएको विभिन्न सेवा, समूह, तह तथा पदको लिखित परीक्षाको नतिजा ।
सार्वजनिक सेवा प्रसारण नेपाल, रेडियो नेपालको विज्ञापन नं.३५/०८१/८२(खुला तथा समावेशी), इन्जिनियरिङ्ग/प्राविधिक सेवा/समूह, तह ५, वरिष्ठ प्राविधिक सहायक पदको लिखित परीक्षाको नतिजा प्रकाशन सम्बन्धी सूचना
मुख्य सामग्रीमा जानुहोस् (Skip to Content)