समावेशी आर्थिक विकासमा नेपाल राष्ट्र बैङ्कसँग रेडियो नेपालको सम्झौता

काठमाडौँ I नेपाल राष्ट्र बैङ्क र सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबीच वित्तीय साक्षरता तथा वित्तीय समावेशितासम्बन्धी सूचना र सन्देश प्रवाह गर्ने उद्देश्यले १० बुँदे सम्झौता भएको छ ।

सिंहदरबारमा आज भएको कार्यक्रममा राष्ट्रिय प्रसारणमार्फत देशका दूरदराजका क्षेत्रका सबै वर्ग र समुदायका नागरिकलाई विभिन्न भाषामा समाचार तथा वित्तीय जानकारीमा पहुँच पुर्‍याउने उद्देश्यले सम्झौता गरिएको हो ।

कार्यक्रममा सार्वजनिक सेवा प्रसारकका कायम मुकायम प्रशासनिक अधिकृत आरती चटौतले बैङ्किङ क्षेत्रमा लैङ्गिक समानता कायम गर्न, अपाङ्गमैत्री सेवा तथा सुविधा विस्तार गर्न र सबै नागरिकको पहुँच सुनिश्चित गर्नुपर्ने बताउँदै समावेशी आर्थिक विकासका लागि समावेशी वित्तीय प्रणाली आवश्यक रहेकोमा जोड दिनुभयो ।

कार्यक्रममा नेपाल राष्ट्र बैङ्क, गभर्नरको कार्यालयअन्तर्गत वित्तीय समावेशिता तथा ग्राहक संरक्षण महाशाखाका निर्देशक सुशील पौडेलले प्रत्येक नागरिकले आधारभूत वित्तीय साक्षरता तथा वित्तीय साधनको उचित उपयोगमार्फत वित्तीय जोखिम न्यूनीकरण गर्न जनचेतना आवश्यक रहेको बताउनुभयो ।

सम्झौतापत्रमा सार्वजनिक सेवा प्रसारकका कायम मुकायम प्रशासनिक अधिकृत आरती चटौत तथा नेपाल राष्ट्र बैङ्क, गभर्नरको कार्यालयअन्तर्गत वित्तीय समावेशिता तथा ग्राहक संरक्षण महाशाखाका निर्देशक सुशील पौडेलले हस्ताक्षर गर्नुभयो ।

यस्तै नेपाल राष्ट्र बैंकका गभर्नरको कार्यालयअन्तर्गत वित्तीय समावेशिता तथा ग्राहक संरक्षण महाशाखाका उपनिर्देशक शिव रेग्मी र रेडियो नेपालका व्यापार महाशाखाका निर्देशक गोपाल थापाले साक्षीका रूपमा हस्ताक्षर गर्नुभयो ।

सम्झौताको अवधि आजको मितिदेखि लागू भई एक वर्षसम्म कायम रहनेछ । 

समाचार पोर्टल

स्थायी नियुक्तिका लागि सिफारीश गरिएको सूचना ।
रेडियो नेपाल प्रादेशिक प्रसारण कार्यालय बर्दिबासको सूचना ।
सार्वजनिक सेवा प्रसारण नेपाल, रेडियो नेपालको विभिन्न पदका लिखित तथा प्रयोगात्मक परिक्षामा सफल हुनुभएका उम्मेदवारहरुको अन्तर्वार्ता मिति तोकिएको बारे सूचना
समावेशी आर्थिक विकासमा नेपाल राष्ट्र बैङ्कसँग रेडियो नेपालको सम्झौता
मुलुकको प्रसारण क्षेत्रमा रेडियो नेपालको भूमिका महत्वपूर्ण : सञ्चार मन्त्री डा. तिमिल्सिना
मुख्य सामग्रीमा जानुहोस् (Skip to Content)