सार्वजनिक सेवा प्रसारण संस्थाका नवनियुक्त कार्यकारी अध्यक्ष डा. विष्टद्वारा पदबहाली

काठमाडौँ । सार्वजनिक सेवा प्रसारण संस्थाका नवनियुक्त कार्यकारी अध्यक्ष डा. महेन्द्र विष्टले आज सिंहदरबारमा पदबहाली गर्नुभएको छ ।

पदबहाली गर्नुहुँदै नवनियुक्त कार्यकारी अध्यक्ष डा. विष्टले रेडियो नेपाल र नेपाल टेलिभिजनको गौरवशाली इतिहासलाई संरक्षण र प्रवर्द्धन गर्दै सार्वजनिक सेवा प्रसारणको मूल ध्येयलाई स्थापित गर्ने बताउनुभयो ।

अध्यक्ष डा. विष्टले सार्वजनिक सेवा प्रसारणको मर्म अनुसार रेडियो र टेलिभिजनका प्रसारण सामग्रीहरूलाई नागरिक केन्द्रित गर्न आवश्यक रहेको भन्नुहुँदै सार्वजनिक सेवा प्रसारण अभ्यासबाटै परिणाम दिन सकिने विश्वास व्यक्त गर्नुभयो ।

अध्यक्ष डा. विष्टले सार्वजनिक सेवा प्रशारणमा रूपान्तरण हुने क्रममा आउने चुनौतीको सामना गर्दै सबैले आ आफ्नो जिम्मेवारी उत्साहपूर्वक निर्वाह गर्न पनि  आग्रह गर्नुभयो ।

सो अवसरमा रेडियो नेपालका नायव कार्यकारी निर्देशक खगेन्द्र खत्रीले सार्वजनिक सेवा प्रसारणलाई सफल र प्रभावकारी बनाउन एकबद्ध भई लाग्न तयार रहेको बताउनुभयो ।

यस्तै नेपाल टेलिभिजनका नायव महाप्रबन्धक विष्णुराम न्यौपानेले ऐतिहासिक प्रसारण संस्थाहरूलाई संयुक्त रुपमा एक बनाई यसको प्रसारणलाई सार्वजनिक प्रसारणका रुपमा प्रमाणित गर्न सबैको सहकार्य र समन्वयको आवश्यकता रहेको बताउनुभयो ।

फोटो : मिलन ढुङ्गाना

समाचार पोर्टल

सार्वजनिक सेवा प्रसारण नेपाल, रेडियो नेपालको लोक सेवा आयोगबाट लिइएको विभिन्न सेवा, समूह, तह तथा पदको लिखित परीक्षाको नतिजा ।
सार्वजनिक सेवा प्रसारण नेपाल, रेडियो नेपालको विज्ञापन नं.३५/०८१/८२(खुला तथा समावेशी), इन्जिनियरिङ्ग/प्राविधिक सेवा/समूह, तह ५, वरिष्ठ प्राविधिक सहायक पदको लिखित परीक्षाको नतिजा प्रकाशन सम्बन्धी सूचना
सार्वजनिक सेवा प्रसारण नेपाल, रेडियो नेपालको विज्ञापन नं.३४/०८१/८२(खुला तथा समावेशी), संचार तथा कार्यक्रम/समाचार/रिपोर्टिङ सेवा/समूह/उपसमूह, तह ६, सम्वाददाता पदको लिखित परीक्षाको नतिजा प्रकाशन सम्बन्धी सूचना
सार्वजनिक सेवा प्रसारण नेपाल, रेडियो नेपालको विज्ञापन नं.३३/०८१/८२(आ.ज.), संचार तथा कार्यक्रम/समाचार/सम्पादन सेवा/समूह/उपसमूह, तह ६, समाचार सम्पादक (नेपाली) पदको लिखित परीक्षाको नतिजा प्रकाशन सम्बन्धी सूचना
सार्वजनिक सेवा प्रसारण नेपाल, रेडियो नेपालको विज्ञापन नं.३१/०८१/८२(महिला), प्रशासन/व्यापार सेवा/समूह, तह ६, व्यापार अधिकृत पदको लिखित परीक्षाको नतिजा प्रकाशन सम्बन्धी सूचना