रेडियो नेपाल अनलाइनको सह-सम्पादकमा सापकोटा र अधिकारी

काठमाडौँ । रेडियो नेपालको अनलाइन न्युज पोर्टल www.radionepalonline.com  को सह-सम्पादकमा अर्जुन सापकोटा र यशोदा अधिकारी नियुक्त हुनुभएको छ ।

रेडियो नेपालको व्यवस्थापन बैठकले गरेको निर्णय अनुसार रेडियो नेपालका कार्यकारी निर्देशक अमरध्वज लामाले सापकोटा र अधिकारीलाई अनलाइन न्युज पोर्टलको सह सम्पादकको थप जिम्मेवारी दिनु भएको हो ।

 रेडियो नेपालको आधिकारिक अनलाइन न्युज पोर्टललाई थप पहुँचयोग्य, व्यावसायिक र प्रतिस्पर्धी बनाउन www.radionepalonline.com  सञ्चालनमा ल्याइएको हो  ।

त्यस अवसरमा  कार्यकारी निर्देशक लामाले  श्रोताहरूको सुझाव र सल्लाहलाई मध्यनजर गर्दै रेडियो नेपाललाई डिजिटल रेडियोको रुपमा विकास गर्न Digital Radio Studio निर्माणको प्रक्रिया अघि बढाइएको बताउनुभयो । डिजिटल स्टुडियोमा उत्पादित सामग्रीलाई रेडियो नेपालको अनलाइन न्युज पोर्टलका साथै सामाजिक सञ्जालमा राखिनेछ ।

समाचार पोर्टल

स्थायी नियुक्तिका लागि सिफारीश गरिएको सूचना ।
रेडियो नेपाल प्रादेशिक प्रसारण कार्यालय बर्दिबासको सूचना ।
सार्वजनिक सेवा प्रसारण नेपाल, रेडियो नेपालको विभिन्न पदका लिखित तथा प्रयोगात्मक परिक्षामा सफल हुनुभएका उम्मेदवारहरुको अन्तर्वार्ता मिति तोकिएको बारे सूचना
समावेशी आर्थिक विकासमा नेपाल राष्ट्र बैङ्कसँग रेडियो नेपालको सम्झौता
मुलुकको प्रसारण क्षेत्रमा रेडियो नेपालको भूमिका महत्वपूर्ण : सञ्चार मन्त्री डा. तिमिल्सिना
मुख्य सामग्रीमा जानुहोस् (Skip to Content)