रेडियो नेपाल अनलाइनको सम्पादकमा दाहाल

काठमाडौँ I रेडियो नेपालको अनलाइन न्युज पोर्टल www.radionepalonline.com को सम्पादकमा मुख्य संवाददाता प्रमोदकुमार सिंह(दाहाल) नियुक्त हुनुभएको छ ।

३ दशक भन्दा लामो समयदेखि नेपाली पत्रकारिता क्षेत्रमा सक्रिय दाहाललाई अनलाइन न्युज पोर्टलको सम्पादक भएर काम गर्ने जिम्मेवारी दिइएको हो । 

रेडियो नेपालको व्यवस्थापन बैठकले गरेको निर्णय अनुसार रेडियो नेपालका कार्यकारी निर्देशक अमरध्वज लामाले दाहाललाई अनलाइन न्युज पोर्टलको सम्पादक भएर काम गर्ने थप जिम्मेवारी दिनु भएको हो ।

दाहालले रेडियो नेपालको रिपोर्टिङ शाखा प्रमुखको जिम्मेवारीसमेत सम्हाल्दै आउनु भएको छ ।

यसैगरी अङ्ग्रेजी भाषाको समाचारमा सम्पादक पदमा कार्यरत अर्जुन सापकोटालाई अनलाइन न्युज पोर्टलको सह–सम्पादकको जिम्मेवारी दिइएको छ । 

रेडियो नेपालको आधिकारिक अनलाइन न्युज पोर्टललाई थप पहुँचयोग्य, व्यावसायिक र प्रतिस्पर्धी बनाउन www.radionepalonline.com सञ्चालनमा ल्याइएको हो  ।

रेडियो नेपाल र नेपाल टेलिभिजन सम्मिलित सार्वजनिक सेवा प्रसारण संस्था गठनको प्रक्रियामा रहेको अवस्थामा सबै वर्ग, क्षेत्र र समुदायका सवालहरूलाई पोर्टलमा विशेष स्थान दिईने छ । 

श्रोताहरूको सुझाव र सल्लाहलाई मध्यनजर गर्दै रेडियो नेपाललाई डिजिटल रेडियोको रुपमा विकास गर्न Digital Radio Studio निर्माणको प्रक्रिया अघि बढाइएको कार्यकारी निर्देशक लामाले बताउनुभयो । डिजिटल स्टुडियोमा उत्पादित सामग्रीलाई रेडियो नेपालको अनलाइन न्युज पाेर्टलका साथै सामाजिक सञ्जालमा राखिनेछ ।

समाचार पोर्टल

स्थायी नियुक्तिका लागि सिफारीश गरिएको सूचना ।
रेडियो नेपाल प्रादेशिक प्रसारण कार्यालय बर्दिबासको सूचना ।
सार्वजनिक सेवा प्रसारण नेपाल, रेडियो नेपालको विभिन्न पदका लिखित तथा प्रयोगात्मक परिक्षामा सफल हुनुभएका उम्मेदवारहरुको अन्तर्वार्ता मिति तोकिएको बारे सूचना
समावेशी आर्थिक विकासमा नेपाल राष्ट्र बैङ्कसँग रेडियो नेपालको सम्झौता
मुलुकको प्रसारण क्षेत्रमा रेडियो नेपालको भूमिका महत्वपूर्ण : सञ्चार मन्त्री डा. तिमिल्सिना
मुख्य सामग्रीमा जानुहोस् (Skip to Content)