रेडियो नेपालकाे ७४औँ वार्षिकोत्सव : शास्त्रीय सङ्गीत सम्मेलन सम्पन्न

काठमाडौं I रेडियो नेपालले आफ्नो ७४औँ वार्षिकोत्सवका अवसरमा  आज शास्त्रीय सङ्गीत सम्मेलनको आयोजना गरेकाे छ ।

सिंहदरबारस्थित  रेडियो नेपालको कार्यालयमा आयोजित शास्त्रीय सङ्गीत सम्मेलनमा कलाकारहरु सुगमा गौतम, मनोज सिंह, प्रभुराज ढकाल, निमेश कपाली, धनबहादुर गोपाली र रामकुमार अर्याललगायतले गायन, सुरबादन र तालबादन प्रस्तुत गर्नुभयो । 

सम्मेलनको शुभारम्भ गर्दै रेडियो नेपालका कार्यकारी निर्देशक बुद्धिबहादुर केसीले रेडियो नेपालले स्थापना कालदेखि नै सबै प्रकारका  गीत सङ्गीतलाई प्राथमिकता  दिँदै आएको बताउनुभयो ।

कार्यकारी निर्देशक केसीले मुलुकका चर्चित कलाकारहरूको मूल केन्द्रको रुपमा रहेको रेडियो नेपालले सार्वजनिक प्रसारण  सेवामा रूपान्तरण भएपछि पनि  गीत सङ्गीतलाई उत्तिकै प्राथकितामा राख्ने प्रतिबद्धता जनाउनुभयो । 

सङ्गीत सम्मेलनमा रेडियो नेपालका नायव कार्यकारी निर्देशक खगेन्द्र खत्रीले नेपाली सङ्गीतलाई विश्वमा चिनाउन योगदान गर्ने कलाकार जन्माएको रेडियो नेपाल निरन्तर कला र सङ्गीतको प्रवद्र्धनमा लागिपरेको बताउनुभयो । 

सङ्गीत सम्मेलनमा रेडियो नेपालका सङ्गीत शाखा प्रमुख मनराजा नकर्मीले नेपालको आधुनिक गीतसङ्गीतको विकासमा रेडियोले पुर्याएको योगदान उल्लेखनीय भएको बताउनुभयो । 

चैत २० गते हुने रेडियो नेपालको ७४ औँ वार्षिकोत्सवको अवसरमा रेडियो नेपालले आधुनिक गीत प्रतियोगिताको पनि आयोजना गर्दैछ ।

तस्बिर : मिलन ढुंगाना

समाचार पोर्टल

सार्वजनिक सेवा प्रसारण नेपाल, रेडियो नेपालको लोक सेवा आयोगबाट लिइएको विभिन्न सेवा, समूह, तह तथा पदको लिखित परीक्षाको नतिजा ।
सार्वजनिक सेवा प्रसारण नेपाल, रेडियो नेपालको विज्ञापन नं.३५/०८१/८२(खुला तथा समावेशी), इन्जिनियरिङ्ग/प्राविधिक सेवा/समूह, तह ५, वरिष्ठ प्राविधिक सहायक पदको लिखित परीक्षाको नतिजा प्रकाशन सम्बन्धी सूचना
सार्वजनिक सेवा प्रसारण नेपाल, रेडियो नेपालको विज्ञापन नं.३४/०८१/८२(खुला तथा समावेशी), संचार तथा कार्यक्रम/समाचार/रिपोर्टिङ सेवा/समूह/उपसमूह, तह ६, सम्वाददाता पदको लिखित परीक्षाको नतिजा प्रकाशन सम्बन्धी सूचना
सार्वजनिक सेवा प्रसारण नेपाल, रेडियो नेपालको विज्ञापन नं.३३/०८१/८२(आ.ज.), संचार तथा कार्यक्रम/समाचार/सम्पादन सेवा/समूह/उपसमूह, तह ६, समाचार सम्पादक (नेपाली) पदको लिखित परीक्षाको नतिजा प्रकाशन सम्बन्धी सूचना
सार्वजनिक सेवा प्रसारण नेपाल, रेडियो नेपालको विज्ञापन नं.३१/०८१/८२(महिला), प्रशासन/व्यापार सेवा/समूह, तह ६, व्यापार अधिकृत पदको लिखित परीक्षाको नतिजा प्रकाशन सम्बन्धी सूचना