डिजिटल प्रविधिलाई अँगाल्दै समयसापेक्ष प्रसारण गर्नु रेडियो नेपालको अबको कार्यभार हो : प्रधानमन्त्री 

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले अत्याधुनिक डिजिटल प्रविधिलाई अँगाल्दै समयसापेक्ष प्रसारण गर्नु रेडियो नेपालको अबको कार्यभार भएको बताउनुभएको छ । 

रेडियो नेपालको ७२औँ वार्षिकोत्सवको अवसरमा शुभकामना सन्देश दिनुहुँदै प्रधानमन्त्री देउवाले सुसूचित हुने जनताको हकको सुनिश्चित गर्न रेडियोले जनताका पिर मर्का बुझेर उनीहरूकै बोली बोल्नुपर्ने बताउनुभयो । 

सन्देशमा प्रधानमन्त्री देउवाले रेडियो प्रसारणको जननी संस्था रेडियो नेपालले मुलुकको हरेक राजनीतिक र सामाजिक परिवर्तनमा महत्त्वपूर्ण भूमिका निर्वाह गरेको उल्लेख गर्नुभएको छ । 

उहाँले विचार र अभिव्यक्तिको स्वतन्त्रता हाम्रो संविधानले प्रत्याभूत गरेका आधारभूत कुरा भएको उल्लेख गर्नुहुँदै मौलिक हक अन्तर्गतको सूचनाको हकप्रति सरकार सदैव जिम्मेवार र प्रतिबद्ध रहेको उल्लेख गर्नुभएको छ । 

देशका हरेक विपत्ति र सङ्कटका समयमा रेडियो नेपालले खेलेको भूमिका प्रशंसायोग्य रहेको उल्लेख गर्नुहुँदै प्रधानमन्त्री देउवाले भूकम्प, बाढी–पहिरो र महामारीजस्ता विपत्मा रेडियो नेपालले भरपर्दो सूचना र जानकारी प्रवाह गरेर राष्ट्रिय दायित्व निर्वाह गरी सार्वजनिक प्रसारणको छनक दिइसकेको उल्लेख गर्नुभएको छ ।

जनताका आधारभूत आवश्यकता पूरा गरी सुन्दर नेपाल बनाउनु नै सरकारको मुख्य कार्य रहेको उल्लेख गर्नुहुँदै प्रधानमन्त्री देउवाले आगामी दिनमा रेडियो नेपाललाई गुणस्तरीय सामग्री उत्पादन, प्रस्तुति र प्रसारणमा सफलता मिलोस् भनी शुभकामना व्यक्त गर्नुभएको छ । 

This image has an empty alt attribute; its file name is 277404355_301306975408295_1704417392238319906_n-768x1024.jpg
समाचार पोर्टल

सार्वजनिक सेवा प्रसारण नेपाल, रेडियो नेपालको लोक सेवा आयोगबाट लिइएको विभिन्न सेवा, समूह, तह तथा पदको लिखित परीक्षाको नतिजा ।
सार्वजनिक सेवा प्रसारण नेपाल, रेडियो नेपालको विज्ञापन नं.३५/०८१/८२(खुला तथा समावेशी), इन्जिनियरिङ्ग/प्राविधिक सेवा/समूह, तह ५, वरिष्ठ प्राविधिक सहायक पदको लिखित परीक्षाको नतिजा प्रकाशन सम्बन्धी सूचना
सार्वजनिक सेवा प्रसारण नेपाल, रेडियो नेपालको विज्ञापन नं.३४/०८१/८२(खुला तथा समावेशी), संचार तथा कार्यक्रम/समाचार/रिपोर्टिङ सेवा/समूह/उपसमूह, तह ६, सम्वाददाता पदको लिखित परीक्षाको नतिजा प्रकाशन सम्बन्धी सूचना
सार्वजनिक सेवा प्रसारण नेपाल, रेडियो नेपालको विज्ञापन नं.३३/०८१/८२(आ.ज.), संचार तथा कार्यक्रम/समाचार/सम्पादन सेवा/समूह/उपसमूह, तह ६, समाचार सम्पादक (नेपाली) पदको लिखित परीक्षाको नतिजा प्रकाशन सम्बन्धी सूचना
सार्वजनिक सेवा प्रसारण नेपाल, रेडियो नेपालको विज्ञापन नं.३१/०८१/८२(महिला), प्रशासन/व्यापार सेवा/समूह, तह ६, व्यापार अधिकृत पदको लिखित परीक्षाको नतिजा प्रकाशन सम्बन्धी सूचना