डिजिटल प्रविधिलाई अँगाल्दै समयसापेक्ष प्रसारण गर्नु रेडियो नेपालको अबको कार्यभार हो : प्रधानमन्त्री 

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले अत्याधुनिक डिजिटल प्रविधिलाई अँगाल्दै समयसापेक्ष प्रसारण गर्नु रेडियो नेपालको अबको कार्यभार भएको बताउनुभएको छ । 

रेडियो नेपालको ७२औँ वार्षिकोत्सवको अवसरमा शुभकामना सन्देश दिनुहुँदै प्रधानमन्त्री देउवाले सुसूचित हुने जनताको हकको सुनिश्चित गर्न रेडियोले जनताका पिर मर्का बुझेर उनीहरूकै बोली बोल्नुपर्ने बताउनुभयो । 

सन्देशमा प्रधानमन्त्री देउवाले रेडियो प्रसारणको जननी संस्था रेडियो नेपालले मुलुकको हरेक राजनीतिक र सामाजिक परिवर्तनमा महत्त्वपूर्ण भूमिका निर्वाह गरेको उल्लेख गर्नुभएको छ । 

उहाँले विचार र अभिव्यक्तिको स्वतन्त्रता हाम्रो संविधानले प्रत्याभूत गरेका आधारभूत कुरा भएको उल्लेख गर्नुहुँदै मौलिक हक अन्तर्गतको सूचनाको हकप्रति सरकार सदैव जिम्मेवार र प्रतिबद्ध रहेको उल्लेख गर्नुभएको छ । 

देशका हरेक विपत्ति र सङ्कटका समयमा रेडियो नेपालले खेलेको भूमिका प्रशंसायोग्य रहेको उल्लेख गर्नुहुँदै प्रधानमन्त्री देउवाले भूकम्प, बाढी–पहिरो र महामारीजस्ता विपत्मा रेडियो नेपालले भरपर्दो सूचना र जानकारी प्रवाह गरेर राष्ट्रिय दायित्व निर्वाह गरी सार्वजनिक प्रसारणको छनक दिइसकेको उल्लेख गर्नुभएको छ ।

जनताका आधारभूत आवश्यकता पूरा गरी सुन्दर नेपाल बनाउनु नै सरकारको मुख्य कार्य रहेको उल्लेख गर्नुहुँदै प्रधानमन्त्री देउवाले आगामी दिनमा रेडियो नेपाललाई गुणस्तरीय सामग्री उत्पादन, प्रस्तुति र प्रसारणमा सफलता मिलोस् भनी शुभकामना व्यक्त गर्नुभएको छ । 

This image has an empty alt attribute; its file name is 277404355_301306975408295_1704417392238319906_n-768x1024.jpg
समाचार पोर्टल

स्थायी नियुक्तिका लागि सिफारीश गरिएको सूचना ।
रेडियो नेपाल प्रादेशिक प्रसारण कार्यालय बर्दिबासको सूचना ।
सार्वजनिक सेवा प्रसारण नेपाल, रेडियो नेपालको विभिन्न पदका लिखित तथा प्रयोगात्मक परिक्षामा सफल हुनुभएका उम्मेदवारहरुको अन्तर्वार्ता मिति तोकिएको बारे सूचना
समावेशी आर्थिक विकासमा नेपाल राष्ट्र बैङ्कसँग रेडियो नेपालको सम्झौता
मुलुकको प्रसारण क्षेत्रमा रेडियो नेपालको भूमिका महत्वपूर्ण : सञ्चार मन्त्री डा. तिमिल्सिना
मुख्य सामग्रीमा जानुहोस् (Skip to Content)