रेडियो नेपाललाई समयानुकूल रूपान्तरण गर्न सचिव बस्नेतको आग्रह 

सुर्खेत । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव लक्ष्मीकुमारी बस्नेतले वर्तमान अवस्थाको प्रतिस्पर्धी युगमा रेडियो नेपालले समय सापेक्ष सूचना क्रान्तिले ल्याएको नवीनतम प्रविधिहरूको उपयोग गर्नेतर्फ अघि बढ्नुपर्ने समय आएको बताउनुभएको छ । 

आज रेडियो नेपाल प्रादेशिक प्रसारण केन्द्र सुर्खेत र नेपाल टेलिभिजन कर्णाली ब्युरो कार्यालयको निरीक्षण तथा अनुगमनका क्रममा सचिव बस्नेतले रेडियो नेपाललाई बदलिँदो समयअनुसार अरू सञ्चार माध्यमसँग प्रतिस्पर्धामा ल्याउने गरी कार्ययोजना अघि बढाउनुपर्नेमा जोड दिनुभयो । 

उहाँले रेडियो नेपाल नेपाली आमसञ्चार माध्यमको इतिहाससँगै जनताको जीवनसँग जोडिएको यो संस्था भएकाले निजी क्षेत्रका सञ्चार माध्यमसँग प्रतिस्पर्धी बनाउन विभिन्न कार्यक्रममार्फत जनतालाई जोड्न आवश्यक रहेको औँल्याउनुभयो । 

सचिव बस्नेतले आर्थिक रूपमा सबल र सक्षम  बनाउन रेडियो नेपालसँग भएको जग्गाको समेत अधिकतम उपयोगी बनाउनेतर्फ समेत सोच्न आवश्यक रहेको बताउनुभयो । 

उक्त अवसरमा रेडियो नेपाल प्रादेशिक प्रसारण केन्द्र सुर्खेतका प्रमुख विजय बर्माले समय सापेक्ष प्रादेशिक प्रसारण केन्द्रसँगै एफएम रिले स्टेसनहरूको स्तरोन्नति गर्न आवश्यक रहेको जानकारी दिनुभयो । 

उहाँले प्रादेशिक प्रसारण केन्द्रका पुराना भवन तथा आवासहरूको मर्मत सम्भारसँगै चार पाङ्ग्रे सवारी खरिद गर्नुपर्ने आवश्यकता रहेको बताउनुभयो । भौतिक रूपमा रेडियो नेपालसँग पर्याप्त जग्गा रहे पनि कानुनी अड्चनले उपयोगी बनाउन नसकिएको समेत उहाँले बताउनुभयो । 

समाचार पोर्टल

सार्वजनिक सेवा प्रसारण नेपाल, रेडियो नेपालको लोक सेवा आयोगबाट लिइएको विभिन्न सेवा, समूह, तह तथा पदको लिखित परीक्षाको नतिजा ।
सार्वजनिक सेवा प्रसारण नेपाल, रेडियो नेपालको विज्ञापन नं.३५/०८१/८२(खुला तथा समावेशी), इन्जिनियरिङ्ग/प्राविधिक सेवा/समूह, तह ५, वरिष्ठ प्राविधिक सहायक पदको लिखित परीक्षाको नतिजा प्रकाशन सम्बन्धी सूचना
सार्वजनिक सेवा प्रसारण नेपाल, रेडियो नेपालको विज्ञापन नं.३४/०८१/८२(खुला तथा समावेशी), संचार तथा कार्यक्रम/समाचार/रिपोर्टिङ सेवा/समूह/उपसमूह, तह ६, सम्वाददाता पदको लिखित परीक्षाको नतिजा प्रकाशन सम्बन्धी सूचना
सार्वजनिक सेवा प्रसारण नेपाल, रेडियो नेपालको विज्ञापन नं.३३/०८१/८२(आ.ज.), संचार तथा कार्यक्रम/समाचार/सम्पादन सेवा/समूह/उपसमूह, तह ६, समाचार सम्पादक (नेपाली) पदको लिखित परीक्षाको नतिजा प्रकाशन सम्बन्धी सूचना
सार्वजनिक सेवा प्रसारण नेपाल, रेडियो नेपालको विज्ञापन नं.३१/०८१/८२(महिला), प्रशासन/व्यापार सेवा/समूह, तह ६, व्यापार अधिकृत पदको लिखित परीक्षाको नतिजा प्रकाशन सम्बन्धी सूचना