सार्वजनिक सेवा प्रसारण नेपाल : नवनियुक्त सञ्चालक समिति सदस्यद्वारा पद तथा गोपनीयताको शपथ

काठमाडौँ । सार्वजनिक सेवा प्रसारण नेपालको सञ्चालक समिति सदस्यमा सञ्चार विज्ञ अनिता गुरुङ र सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सहसचिव गौरव गिरी नियुक्त हुनुभएको छ ।

सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले सार्वजनिक सेवा प्रसारण ऐनको दफा ८ बमोजिम सञ्चार विज्ञको रुपमा गुरुङ र मन्त्रालयको प्रतिनिधिको रुपमा गिरीलाई नियुक्त गर्नुभएको हो ।

नवनियुक्त सदस्यहरूलाई सार्वजनिक सेवा प्रसारण नेपाल (पीएसबी)का कार्यकारी अध्यक्ष डा.महेन्द्र विष्टले पद तथा गोपनीयताको शपथ गराउनुभयो ।

यसैगरी, सार्वजनिक सेवा प्रसारण नेपालको निमित्त प्रमुख प्रशासकीय अधिकृतमा विष्णुराम न्यौपानेलाई नियुक्त गरिएको छ ।

तस्विर : मिलन ढुङगाना

समाचार पोर्टल

सार्वजनिक सेवा प्रसारण नेपाल, रेडियो नेपालको लोक सेवा आयोगबाट लिइएको विभिन्न सेवा, समूह, तह तथा पदको लिखित परीक्षाको नतिजा ।
सार्वजनिक सेवा प्रसारण नेपाल, रेडियो नेपालको विज्ञापन नं.३५/०८१/८२(खुला तथा समावेशी), इन्जिनियरिङ्ग/प्राविधिक सेवा/समूह, तह ५, वरिष्ठ प्राविधिक सहायक पदको लिखित परीक्षाको नतिजा प्रकाशन सम्बन्धी सूचना
सार्वजनिक सेवा प्रसारण नेपाल, रेडियो नेपालको विज्ञापन नं.३४/०८१/८२(खुला तथा समावेशी), संचार तथा कार्यक्रम/समाचार/रिपोर्टिङ सेवा/समूह/उपसमूह, तह ६, सम्वाददाता पदको लिखित परीक्षाको नतिजा प्रकाशन सम्बन्धी सूचना
सार्वजनिक सेवा प्रसारण नेपाल, रेडियो नेपालको विज्ञापन नं.३३/०८१/८२(आ.ज.), संचार तथा कार्यक्रम/समाचार/सम्पादन सेवा/समूह/उपसमूह, तह ६, समाचार सम्पादक (नेपाली) पदको लिखित परीक्षाको नतिजा प्रकाशन सम्बन्धी सूचना
सार्वजनिक सेवा प्रसारण नेपाल, रेडियो नेपालको विज्ञापन नं.३१/०८१/८२(महिला), प्रशासन/व्यापार सेवा/समूह, तह ६, व्यापार अधिकृत पदको लिखित परीक्षाको नतिजा प्रकाशन सम्बन्धी सूचना