रेडियो नेपाल अनलाइनको सह-सम्पादकमा सापकोटा र अधिकारी

काठमाडौँ । रेडियो नेपालको अनलाइन न्युज पोर्टल www.radionepalonline.com  को सह-सम्पादकमा अर्जुन सापकोटा र यशोदा अधिकारी नियुक्त हुनुभएको छ ।

रेडियो नेपालको व्यवस्थापन बैठकले गरेको निर्णय अनुसार रेडियो नेपालका कार्यकारी निर्देशक अमरध्वज लामाले सापकोटा र अधिकारीलाई अनलाइन न्युज पोर्टलको सह सम्पादकको थप जिम्मेवारी दिनु भएको हो ।

 रेडियो नेपालको आधिकारिक अनलाइन न्युज पोर्टललाई थप पहुँचयोग्य, व्यावसायिक र प्रतिस्पर्धी बनाउन www.radionepalonline.com  सञ्चालनमा ल्याइएको हो  ।

त्यस अवसरमा  कार्यकारी निर्देशक लामाले  श्रोताहरूको सुझाव र सल्लाहलाई मध्यनजर गर्दै रेडियो नेपाललाई डिजिटल रेडियोको रुपमा विकास गर्न Digital Radio Studio निर्माणको प्रक्रिया अघि बढाइएको बताउनुभयो । डिजिटल स्टुडियोमा उत्पादित सामग्रीलाई रेडियो नेपालको अनलाइन न्युज पोर्टलका साथै सामाजिक सञ्जालमा राखिनेछ ।

समाचार पोर्टल

सार्वजनिक सेवा प्रसारण नेपाल, रेडियो नेपालको लोक सेवा आयोगबाट लिइएको विभिन्न सेवा, समूह, तह तथा पदको लिखित परीक्षाको नतिजा ।
सार्वजनिक सेवा प्रसारण नेपाल, रेडियो नेपालको विज्ञापन नं.३५/०८१/८२(खुला तथा समावेशी), इन्जिनियरिङ्ग/प्राविधिक सेवा/समूह, तह ५, वरिष्ठ प्राविधिक सहायक पदको लिखित परीक्षाको नतिजा प्रकाशन सम्बन्धी सूचना
सार्वजनिक सेवा प्रसारण नेपाल, रेडियो नेपालको विज्ञापन नं.३४/०८१/८२(खुला तथा समावेशी), संचार तथा कार्यक्रम/समाचार/रिपोर्टिङ सेवा/समूह/उपसमूह, तह ६, सम्वाददाता पदको लिखित परीक्षाको नतिजा प्रकाशन सम्बन्धी सूचना
सार्वजनिक सेवा प्रसारण नेपाल, रेडियो नेपालको विज्ञापन नं.३३/०८१/८२(आ.ज.), संचार तथा कार्यक्रम/समाचार/सम्पादन सेवा/समूह/उपसमूह, तह ६, समाचार सम्पादक (नेपाली) पदको लिखित परीक्षाको नतिजा प्रकाशन सम्बन्धी सूचना
सार्वजनिक सेवा प्रसारण नेपाल, रेडियो नेपालको विज्ञापन नं.३१/०८१/८२(महिला), प्रशासन/व्यापार सेवा/समूह, तह ६, व्यापार अधिकृत पदको लिखित परीक्षाको नतिजा प्रकाशन सम्बन्धी सूचना