रेडियो नेपाल अनलाइनको सम्पादकमा दाहाल

काठमाडौँ I रेडियो नेपालको अनलाइन न्युज पोर्टल www.radionepalonline.com को सम्पादकमा मुख्य संवाददाता प्रमोदकुमार सिंह(दाहाल) नियुक्त हुनुभएको छ ।

३ दशक भन्दा लामो समयदेखि नेपाली पत्रकारिता क्षेत्रमा सक्रिय दाहाललाई अनलाइन न्युज पोर्टलको सम्पादक भएर काम गर्ने जिम्मेवारी दिइएको हो । 

रेडियो नेपालको व्यवस्थापन बैठकले गरेको निर्णय अनुसार रेडियो नेपालका कार्यकारी निर्देशक अमरध्वज लामाले दाहाललाई अनलाइन न्युज पोर्टलको सम्पादक भएर काम गर्ने थप जिम्मेवारी दिनु भएको हो ।

दाहालले रेडियो नेपालको रिपोर्टिङ शाखा प्रमुखको जिम्मेवारीसमेत सम्हाल्दै आउनु भएको छ ।

यसैगरी अङ्ग्रेजी भाषाको समाचारमा सम्पादक पदमा कार्यरत अर्जुन सापकोटालाई अनलाइन न्युज पोर्टलको सह–सम्पादकको जिम्मेवारी दिइएको छ । 

रेडियो नेपालको आधिकारिक अनलाइन न्युज पोर्टललाई थप पहुँचयोग्य, व्यावसायिक र प्रतिस्पर्धी बनाउन www.radionepalonline.com सञ्चालनमा ल्याइएको हो  ।

रेडियो नेपाल र नेपाल टेलिभिजन सम्मिलित सार्वजनिक सेवा प्रसारण संस्था गठनको प्रक्रियामा रहेको अवस्थामा सबै वर्ग, क्षेत्र र समुदायका सवालहरूलाई पोर्टलमा विशेष स्थान दिईने छ । 

श्रोताहरूको सुझाव र सल्लाहलाई मध्यनजर गर्दै रेडियो नेपाललाई डिजिटल रेडियोको रुपमा विकास गर्न Digital Radio Studio निर्माणको प्रक्रिया अघि बढाइएको कार्यकारी निर्देशक लामाले बताउनुभयो । डिजिटल स्टुडियोमा उत्पादित सामग्रीलाई रेडियो नेपालको अनलाइन न्युज पाेर्टलका साथै सामाजिक सञ्जालमा राखिनेछ ।

समाचार पोर्टल

सार्वजनिक सेवा प्रसारण नेपाल, रेडियो नेपालको लोक सेवा आयोगबाट लिइएको विभिन्न सेवा, समूह, तह तथा पदको लिखित परीक्षाको नतिजा ।
सार्वजनिक सेवा प्रसारण नेपाल, रेडियो नेपालको विज्ञापन नं.३५/०८१/८२(खुला तथा समावेशी), इन्जिनियरिङ्ग/प्राविधिक सेवा/समूह, तह ५, वरिष्ठ प्राविधिक सहायक पदको लिखित परीक्षाको नतिजा प्रकाशन सम्बन्धी सूचना
सार्वजनिक सेवा प्रसारण नेपाल, रेडियो नेपालको विज्ञापन नं.३४/०८१/८२(खुला तथा समावेशी), संचार तथा कार्यक्रम/समाचार/रिपोर्टिङ सेवा/समूह/उपसमूह, तह ६, सम्वाददाता पदको लिखित परीक्षाको नतिजा प्रकाशन सम्बन्धी सूचना
सार्वजनिक सेवा प्रसारण नेपाल, रेडियो नेपालको विज्ञापन नं.३३/०८१/८२(आ.ज.), संचार तथा कार्यक्रम/समाचार/सम्पादन सेवा/समूह/उपसमूह, तह ६, समाचार सम्पादक (नेपाली) पदको लिखित परीक्षाको नतिजा प्रकाशन सम्बन्धी सूचना
सार्वजनिक सेवा प्रसारण नेपाल, रेडियो नेपालको विज्ञापन नं.३१/०८१/८२(महिला), प्रशासन/व्यापार सेवा/समूह, तह ६, व्यापार अधिकृत पदको लिखित परीक्षाको नतिजा प्रकाशन सम्बन्धी सूचना