रेडियो नेपालमा शुभकामना तथा शुभेच्छा कार्यक्रम

काठमाडौँ । रेडियो नेपालका कार्यकारी निर्देशक अमरध्वज लामाले करार र स्थायी दुवै सेवामा रहेका कर्मचारीहरूलाई समान रुपमा हेरेर अगाडी बढ्न रेडियो नेपाल व्यवस्थापनले काम गरिरहेको बताउनुभएको छ ।

रेडियो नेपालमा आज आयोजित शुभकामना तथा शुभेच्छा कार्यक्रममा कार्यकारी निर्देशक लामाले सिद्धान्त र नियम अनुसार आफ्नो जिम्मेवारी बहन गरेर संस्थाको हित हुनेगरी काम गरेर अगाडी बढ्न कर्मचारीहरूलाई आग्रह गर्नुभयो ।

उहाँले तालिम लगायतका अवसरहरूमा सबै कर्मचारीहरूलाई समान रुपमा सहभागी गराउने गरी थप व्यवस्थित र प्रभावकारी बनाउने पहल भइरहेको जानकारी दिनुभयो ।

कार्यक्रम महाशाखा तथा तालिम प्रमुख ताराप्रसाद वस्तीले संस्थागत रुपमा हुने तालिमका अवसर सबै कर्मचारीहरूले प्राप्त गर्न सक्नेगरी पारदर्शी रुपमा व्यवस्थित गर्न लागिएको बताउनुभयो ।

प्रमुख संवाददाता प्रमोद दाहालले तालिमबाट प्राप्त ज्ञान र सीप संस्थाको हितमा लगाउनुपर्नेमा जोड दिँदै स्वैच्छिक अवकाश लिने कर्मचारीको अनुभव रेडियोका लागि मार्गदर्शक हुन सक्ने बताउनुभयो ।

अवकाश लिनुभएकी संवाददाता कल्पना दाहालले आफूले रेडियो नेपाल जस्तो मुलुककै अग्रणी प्रसारण माध्यममा सेवा गर्न पाएकोमा गौरव महसुस गरेको बताउनुभयो ।

रेडियो नेपालले आज समाचार महाशाखा अन्तर्गत रिपोर्टिङ शाखामा कार्यरत संवाददाता कल्पना दाहाल र तालिमका लागि दक्षिण कोरिया जान लाग्नुभएका प्राविधिक अधिकृत कृष्णकुमार श्रेष्ठलाई शुभकामना तथा शुभेच्छासहित कार्यक्रममार्फत बिदाइ गरेको छ ।

समाचार पोर्टल

सार्वजनिक सेवा प्रसारण नेपाल, रेडियो नेपालको लोक सेवा आयोगबाट लिइएको विभिन्न सेवा, समूह, तह तथा पदको लिखित परीक्षाको नतिजा ।
सार्वजनिक सेवा प्रसारण नेपाल, रेडियो नेपालको विज्ञापन नं.३५/०८१/८२(खुला तथा समावेशी), इन्जिनियरिङ्ग/प्राविधिक सेवा/समूह, तह ५, वरिष्ठ प्राविधिक सहायक पदको लिखित परीक्षाको नतिजा प्रकाशन सम्बन्धी सूचना
सार्वजनिक सेवा प्रसारण नेपाल, रेडियो नेपालको विज्ञापन नं.३४/०८१/८२(खुला तथा समावेशी), संचार तथा कार्यक्रम/समाचार/रिपोर्टिङ सेवा/समूह/उपसमूह, तह ६, सम्वाददाता पदको लिखित परीक्षाको नतिजा प्रकाशन सम्बन्धी सूचना
सार्वजनिक सेवा प्रसारण नेपाल, रेडियो नेपालको विज्ञापन नं.३३/०८१/८२(आ.ज.), संचार तथा कार्यक्रम/समाचार/सम्पादन सेवा/समूह/उपसमूह, तह ६, समाचार सम्पादक (नेपाली) पदको लिखित परीक्षाको नतिजा प्रकाशन सम्बन्धी सूचना
सार्वजनिक सेवा प्रसारण नेपाल, रेडियो नेपालको विज्ञापन नं.३१/०८१/८२(महिला), प्रशासन/व्यापार सेवा/समूह, तह ६, व्यापार अधिकृत पदको लिखित परीक्षाको नतिजा प्रकाशन सम्बन्धी सूचना