रेडियो नेपाल र नेपाल टेलिकमबिच सूचना, सन्देश प्रसारण गर्ने सम्झौता

काठमाडौँ । रेडियो प्रसार सेवा विकास समिति रेडियो नेपाल र नेपाल दूरसञ्चार कम्पनी लिमिटेड नेपाल टेलिकमबिच व्यावसायिक तथा सूचना सन्देश प्रसारण गर्ने सम्झौता भएको छ ।

रेडियो नेपालको केन्द्रीय साथै सबै प्रादेशिक प्रसारण संस्थाहरूमार्फत विभिन्न मातृ तथा स्थानीय भाषामा टेलिकम सम्बन्धी सूचना सन्देश प्रसारण गर्ने सम्झौता भएको हो ।

सम्झौता पत्रमा हस्ताक्षर गर्नुहुँदै रेडियो नेपालका कार्यकारी निर्देशक अमरध्वज लामाले रेडियो नेपालले सूचना, सन्देशहरूलाई आम नागरिक माझ बढी ग्राह्य बनाउनका लागि विभिन्न मातृ भाषाको प्रसारणलाई प्राथमिकता दिइएको बताउनुभयो ।

कार्यकारी निर्देशक लामाले नागरिकप्रति प्रभावकारी सेवा प्रवाह गर्न रेडियो नेपाल र नेपाल टेलिकमबिचको सहकार्य र साझेदारी महत्वपूर्ण रहेको पनि बताउनुभयो ।

यस्तै नेपाल टेलिकमका प्रबन्ध निर्देशक संगीता पहाडी अर्यालले ऐतिहासिक प्रसारण संस्था रहेको रेडियो नेपालको प्रसारण मार्फत दूर दराजका नागरिकसम्म आवश्यक सूचना सन्देशहरू पुर्‍याउन सहयोग पुर्‍याइरहेको बताउनुभयो ।

प्रबन्ध निर्देशक अर्यालले नेपाल टेलिकमको सेवा प्रवाहलाई अझ प्रभावकारी बनाउन रेडियो नेपालको भूमिका महत्वपूर्ण रहेको पनि बताउनुभयो ।

समाचार पोर्टल

सार्वजनिक सेवा प्रसारण नेपाल, रेडियो नेपालको लोक सेवा आयोगबाट लिइएको विभिन्न सेवा, समूह, तह तथा पदको लिखित परीक्षाको नतिजा ।
सार्वजनिक सेवा प्रसारण नेपाल, रेडियो नेपालको विज्ञापन नं.३५/०८१/८२(खुला तथा समावेशी), इन्जिनियरिङ्ग/प्राविधिक सेवा/समूह, तह ५, वरिष्ठ प्राविधिक सहायक पदको लिखित परीक्षाको नतिजा प्रकाशन सम्बन्धी सूचना
सार्वजनिक सेवा प्रसारण नेपाल, रेडियो नेपालको विज्ञापन नं.३४/०८१/८२(खुला तथा समावेशी), संचार तथा कार्यक्रम/समाचार/रिपोर्टिङ सेवा/समूह/उपसमूह, तह ६, सम्वाददाता पदको लिखित परीक्षाको नतिजा प्रकाशन सम्बन्धी सूचना
सार्वजनिक सेवा प्रसारण नेपाल, रेडियो नेपालको विज्ञापन नं.३३/०८१/८२(आ.ज.), संचार तथा कार्यक्रम/समाचार/सम्पादन सेवा/समूह/उपसमूह, तह ६, समाचार सम्पादक (नेपाली) पदको लिखित परीक्षाको नतिजा प्रकाशन सम्बन्धी सूचना
सार्वजनिक सेवा प्रसारण नेपाल, रेडियो नेपालको विज्ञापन नं.३१/०८१/८२(महिला), प्रशासन/व्यापार सेवा/समूह, तह ६, व्यापार अधिकृत पदको लिखित परीक्षाको नतिजा प्रकाशन सम्बन्धी सूचना