रेडियो नेपालका चार जना सञ्चारकर्मी सम्मानित

काठमाडौँ । प्रेस काउन्सिल नेपालको ५५औँ वार्षिकोत्सव कार्यक्रममा रेडियो नेपालका नायव कार्यकारी निर्देशक, मुख्य सम्वाददातासहित चार जना सञ्चारकर्मी सम्मानित हुनुभएको छ ।

रेडियो नेपालका नायव कार्यकारी निर्देशक खगेन्द्र खत्री, मुख्य संवाददाता प्रमोदकुमार सिंह (दाहाल) र कार्यक्रम अधिकृत उषा लोहनी प्रेस काउन्सिल नेपालले प्रदान गर्ने अग्रज पत्रकार सम्मानबाट सम्मानित हुनुभएको हो ।

राष्ट्रपति निवास शीतल निवासमा आज आयोजित प्रेस काउन्सिल नेपालको ५५औँ वार्षिक उत्सवका अवसरमा राष्ट्रपति रामचन्द्र पौडेलले अग्रज पत्रकार सम्मानबाट रेडियो नेपालका नायव कार्यकारी निर्देशक खत्री, मुख्य संवाददाता दाहाल र कार्यक्रम अधिकृत लोहनीलाई सम्मान गर्नुभयो ।

यस्तै सो अवसरमा रेडियो नेपालका पत्रकार मुकुन्द भण्डारी प्रेस काउन्सिल युवा पत्रकारिता पुरस्कारबाट सम्मानित हुनुभयो ।

समारोहमा यस वर्षको गोपालदास पत्रकारिता पुरस्कार अन्नपूर्ण पोष्ट दैनिकका प्रधान सम्पादक अखण्ड भण्डारी र नेपाल प्रेस इन्स्टिच्युट (एनपीआई)लाई संयुक्त रूपमा प्रदान गरिएको छ भने प्रेस काउन्सिल सुरेन्द्रबहादुर बस्नेत पत्रकारिता पुरस्कार पत्रकार बद्री सिग्देललाई प्रदान गरिएको छ ।

प्रेस काउन्सिल नेपालको वार्षिक उत्सव समारोहमा १४ जनालाई प्रेस काउन्सिल क्रियाशील पत्रकारिता पुरस्कार, ११ जनालाई प्रेस काउन्सिल युवा पुरस्कार, ५ जनालाई प्रेस काउन्सिल नेपाल महिला सशक्तिकरण पुरस्कार प्रदान गरिएको छ ।

समाचार पोर्टल

सार्वजनिक सेवा प्रसारण नेपाल, रेडियो नेपालको लोक सेवा आयोगबाट लिइएको विभिन्न सेवा, समूह, तह तथा पदको लिखित परीक्षाको नतिजा ।
सार्वजनिक सेवा प्रसारण नेपाल, रेडियो नेपालको विज्ञापन नं.३५/०८१/८२(खुला तथा समावेशी), इन्जिनियरिङ्ग/प्राविधिक सेवा/समूह, तह ५, वरिष्ठ प्राविधिक सहायक पदको लिखित परीक्षाको नतिजा प्रकाशन सम्बन्धी सूचना
सार्वजनिक सेवा प्रसारण नेपाल, रेडियो नेपालको विज्ञापन नं.३४/०८१/८२(खुला तथा समावेशी), संचार तथा कार्यक्रम/समाचार/रिपोर्टिङ सेवा/समूह/उपसमूह, तह ६, सम्वाददाता पदको लिखित परीक्षाको नतिजा प्रकाशन सम्बन्धी सूचना
सार्वजनिक सेवा प्रसारण नेपाल, रेडियो नेपालको विज्ञापन नं.३३/०८१/८२(आ.ज.), संचार तथा कार्यक्रम/समाचार/सम्पादन सेवा/समूह/उपसमूह, तह ६, समाचार सम्पादक (नेपाली) पदको लिखित परीक्षाको नतिजा प्रकाशन सम्बन्धी सूचना
सार्वजनिक सेवा प्रसारण नेपाल, रेडियो नेपालको विज्ञापन नं.३१/०८१/८२(महिला), प्रशासन/व्यापार सेवा/समूह, तह ६, व्यापार अधिकृत पदको लिखित परीक्षाको नतिजा प्रकाशन सम्बन्धी सूचना