सृजनशीलताका साथ रेडियो नेपालको सेवा थप प्रभावकारी बनाउन नवनियुक्त कर्मचारीलाई सञ्चार सचिवको निर्देशन

काठमाडौँ I रेडियो नेपालले नवनियुक्त आफ्ना कर्मचारीहरूलाई अभिमुखीकरण तालिम सञ्चालन गरेको छ । 

सिहंदरवारस्थित रेडियो नेपालको केन्द्रिय कार्यालयमा आयोजित तालिमको उद्घाटन गर्नुहुँदै रेडियो नेपाल सञ्चालक समितिका अध्यक्ष समेत रहनुभएका सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव रामकृष्ण सुवेदीले नवनियुक्त कर्मचारीहरू युवा हुनुभएकाले आफ्नो सृजनशीलता मार्फत सेवा प्रवाह गर्न आग्रह गर्नुभयो । 

सचिव सुवेदीले नयाँ र पुराना कर्मचारीहरूबिच आवश्यक समन्वय तथा सामूहिक भावनाका साथ संस्थाको उन्नतिका लागि क्रियाशील रहनुपर्नेमा जोड दिनुभयो ।

उहाँले, विश्वमा विकसित भइरहेका नयाँ नयाँ प्रविधिहरूलाई चुनौतीका रुपमा लिँदै रेडियो नेपाललाई प्रविधिमैत्री बनाएर अगाडि बढाउनुपर्ने आवश्यकता औँल्याउनुभयो । 

नवनियुक्त कर्मचारीहरूलाई निर्देशन दिनुहुँदै सचिव सुबेदीले आफूले जानेका सिद्धान्त, ज्ञान र सीपलाई व्यवहारमा उतार्दै रेडियो प्रसारणलाई जनमुखी बनाउनुपर्नेमा जोड दिनुभयो ।

रेडियो नेपालका निमित्त कार्यकारी निर्देशक खगेन्द्र खत्रीले जनताले तिरेको करबाट सञ्चालित रेडियो नेपालका कर्मचारीले देश र जनताप्रतिको दायित्व निर्वाह गर्दै रेडियो नेपालको प्रसारणलाई थप प्रभावकारी बनाउन आफ्ना सीप र ज्ञानको प्रयोग गर्नुपर्नेमा जोड दिनुभयो । 

उहाँले रेडियो नेपालमा कार्यरत शिफ्ट बेशिस र करार सेवाका कर्मचारीलाई पोसाक भत्ता लगायतका अन्य सेवा सुविधामा कुनै विभेद नहुने गरी रेडियो नेपाल सञ्चालक समितिले निर्णय गरिसकेको जानकारी दिनुभयो ।

रेडियो नेपालका सञ्चालक समितिका सदस्य तिलकजंग बुढाथोकीले नवनियुक्त कर्मचारीहरूले अभिमुखीकरण तालिमबाट रेडियो नेपाललाई अझ धेरै बुझ्ने र यसबाट कर्मचारी र संस्था दुवै लाभान्वित हुने बताउनुभयो । 

रेडियो नेपालका नायव कार्यकारी निर्देशक कृष्णचन्द्र पौडेलले अभिमुखीकरण तालिमले कर्मचारीहरूलाई काम गर्न थप उत्प्रेरणा प्राप्त हुने बताउनुभयो । 

अभिमुखीकरण तालिमको सहजीकरण तालिम शाखा प्रमुख जनार्दन विष्टले गर्नुभएको छ । 

अभिमुखीकरण तालिम साउन १८ गतेसम्म चल्नेछ । 

समाचार पोर्टल

सार्वजनिक सेवा प्रसारण नेपाल, रेडियो नेपालको लोक सेवा आयोगबाट लिइएको विभिन्न सेवा, समूह, तह तथा पदको लिखित परीक्षाको नतिजा ।
सार्वजनिक सेवा प्रसारण नेपाल, रेडियो नेपालको विज्ञापन नं.३५/०८१/८२(खुला तथा समावेशी), इन्जिनियरिङ्ग/प्राविधिक सेवा/समूह, तह ५, वरिष्ठ प्राविधिक सहायक पदको लिखित परीक्षाको नतिजा प्रकाशन सम्बन्धी सूचना
सार्वजनिक सेवा प्रसारण नेपाल, रेडियो नेपालको विज्ञापन नं.३४/०८१/८२(खुला तथा समावेशी), संचार तथा कार्यक्रम/समाचार/रिपोर्टिङ सेवा/समूह/उपसमूह, तह ६, सम्वाददाता पदको लिखित परीक्षाको नतिजा प्रकाशन सम्बन्धी सूचना
सार्वजनिक सेवा प्रसारण नेपाल, रेडियो नेपालको विज्ञापन नं.३३/०८१/८२(आ.ज.), संचार तथा कार्यक्रम/समाचार/सम्पादन सेवा/समूह/उपसमूह, तह ६, समाचार सम्पादक (नेपाली) पदको लिखित परीक्षाको नतिजा प्रकाशन सम्बन्धी सूचना
सार्वजनिक सेवा प्रसारण नेपाल, रेडियो नेपालको विज्ञापन नं.३१/०८१/८२(महिला), प्रशासन/व्यापार सेवा/समूह, तह ६, व्यापार अधिकृत पदको लिखित परीक्षाको नतिजा प्रकाशन सम्बन्धी सूचना