रेडियो नेपालबाट सेवा निवृत्त दुई कर्मचारीकाे बिदाई

काठमाडौँ । रेडियो नेपालबाट सेवा निवृत्त हुनुभएका दुई जना कर्मचारीलाई आज बिदाई गरिएको छ ।

सेवा निवृत्त कर्मचारीहरू मुख्य समाचार सम्पादक हरिशरण लामिछाने र प्रशासकीय अधिकृतबाट अवकाश प्राप्त हुनुभएका दावा तामाङलाई रेडियो नेपालमा एक कार्यक्रमको आयोजना गरी बिदाई गरिएको हो ।

बिदाई कार्यक्रममा रेडियो नेपालका कार्यकारी निर्देशक बुद्धिबहादुर केसीले अवकाश प्राप्त कर्मचारीका अनुभवहरूबाट नयाँ पुस्ताले सिक्नुपर्ने र सकारात्मक धारणा तथा प्रवृत्तिका साथ काम गरेमात्रै आफ्नो र संस्थाको विकासमा सहयोग पुग्ने बताउनुभयो ।

कार्यकारी निर्देशक केसीले रेडियो नेपालमा रहँदा उहाँहरूले पुर्‍याउनुभएको योगदान महत्त्वपूर्ण रहेको र आगामी दिनमा संस्थाको विकासका लागि सेवा निवृत्त कर्मचारीहरूको सल्लाह र सुझाव आवश्यक रहने बताउनुभयो ।

रेडियो नेपालका नायव कार्यकारी निर्देशकहरू खगेन्द्र खत्री र कृष्णचन्द्र पौडेलले संस्थालाई अगाडी बढाउन उहाँहरूको भूमिका उल्लेख्य रहेको भन्दै संस्थाको कामलाई थप व्यवस्थित गराउन पुर्‍याउनुभएको योगदानको चर्चा गर्नुभयो ।

समाचार महाशाखा निर्देशक पवन प्याकुरेल र कार्यक्रम महाशाखाका उपनिर्देशक ताराप्रसाद वस्तीले अवकाश प्राप्त हुनुभएका लामिछाने र तामाङले कार्यालयमा रहँदा देखाउनुभएको लगनशीलता र जिम्मेवारी वहनको प्रशंसा गर्नुभयो ।

अवकाश प्राप्त हुनुभएका मुख्य समाचार सम्पादक हरिशरण लामिछानेले सत्य तथ्य समाचारका लागि आज पनि आम नागरिकले रेडियो नेपाल नै सुन्ने गरेको भन्दै यसको साखलाई बचाई राख्नुपर्ने तथा समय र रेडियो नेपाल सँगसँगै अगाडी बढ्नुपर्ने बताउनुभयो ।

प्रशासकीय अधिकृतबाट सेवा निवृत्त हुनुभएका दावा तामाङले आँफुलाई रेडियो नेपालले नै आजको स्थानसम्म ल्याएको भन्दै काम र संस्थालाई माया गर्नुपर्ने धारणा राख्नुभयो ।

समाचार पोर्टल

सार्वजनिक सेवा प्रसारण नेपाल, रेडियो नेपालको लोक सेवा आयोगबाट लिइएको विभिन्न सेवा, समूह, तह तथा पदको लिखित परीक्षाको नतिजा ।
सार्वजनिक सेवा प्रसारण नेपाल, रेडियो नेपालको विज्ञापन नं.३५/०८१/८२(खुला तथा समावेशी), इन्जिनियरिङ्ग/प्राविधिक सेवा/समूह, तह ५, वरिष्ठ प्राविधिक सहायक पदको लिखित परीक्षाको नतिजा प्रकाशन सम्बन्धी सूचना
सार्वजनिक सेवा प्रसारण नेपाल, रेडियो नेपालको विज्ञापन नं.३४/०८१/८२(खुला तथा समावेशी), संचार तथा कार्यक्रम/समाचार/रिपोर्टिङ सेवा/समूह/उपसमूह, तह ६, सम्वाददाता पदको लिखित परीक्षाको नतिजा प्रकाशन सम्बन्धी सूचना
सार्वजनिक सेवा प्रसारण नेपाल, रेडियो नेपालको विज्ञापन नं.३३/०८१/८२(आ.ज.), संचार तथा कार्यक्रम/समाचार/सम्पादन सेवा/समूह/उपसमूह, तह ६, समाचार सम्पादक (नेपाली) पदको लिखित परीक्षाको नतिजा प्रकाशन सम्बन्धी सूचना
सार्वजनिक सेवा प्रसारण नेपाल, रेडियो नेपालको विज्ञापन नं.३१/०८१/८२(महिला), प्रशासन/व्यापार सेवा/समूह, तह ६, व्यापार अधिकृत पदको लिखित परीक्षाको नतिजा प्रकाशन सम्बन्धी सूचना