सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले सरकारले सूचना प्रविधिको प्रयोगलाई उच्चतम प्राथमिकता दिने बताउनुभएको छ ।
नवनियुक्त मन्त्री गुरुङले आज मन्त्रालयमा पद बहाली गर्नुहुँदै सूचना प्रविधि सम्बद्ध निकायको पुनर्संरचना गरिने पनि प्रतिबद्धता जनाउनुभयो ।
उहाँले नयाँ प्रविधिको प्रयोग गरी छिटोछरितो सेवा प्रवाह गर्न कर्मचारीहरूलाई निर्देशन दिनुभयो ।