मन्त्री शर्माद्वारा रेडियो नेपाल एफएम रिले केन्द्रको अवलोकन

पाल्पा। सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले रेडियो नेपालको बगनासकाली -९ बगनासमा रहेको एफएम रिले केन्द्रको स्थलगत अवलोकन गर्नुभएको छ । आज मन्त्री शर्माले एफएम रिले केन्द्रको अवलोकन गर्दै सीमित स्रोत र साधनका बीच रेडियो नेपालले यस क्षेत्रमा निकै राम्रो प्रसारण प्रभाव पारेको स्थानीयहरूबाट आफले थाहा पाएको बताउनुभयो । उहाँले पुरानो प्रविधिमा रहेको नेपाल टेलिभिजन र रेडियो नेपाललाई आधुनिक प्रविधिमा लैजान मन्त्रालयले काम अगाडी बढाएको जानकारी दिनुभयो । 

मन्त्री शर्माले भन्नुभयो “यहाँ ठाउँ हेर्दा पनि बिकट बिकटै जस्तै छ । भौगोलिक हिसाबले केही दुर्गम स्थानमा रहेको स्टेसनमा सेवा प्रवाहमा भएका समस्याका विषयमा स्थानीय पालिकाले पहल गर्नु पर्दछ ।”  यदि पालिकाले सक्दैन भने प्रदेश र केन्द्रबाट पहल हुने बताउनुभयो । 

नेपाल टेलिभिजनसँगको सहकार्यमा रेडियो नेपालले  टेलिभिजनको भवन तथा अन्य भौतिक संरचना प्रयोग गर्दै प्रसारण गर्दै आएको छ । 

रेडियो नेपालका कार्यकारी निर्देशक बुद्धि बहादुर केसीले देशका सबै भू–भागमा प्रसारण पहुँच पु¥याउने लक्ष्य राखेको रेडियो नेपालले पाल्पाको बगनासकाली र रुकुम पश्चिमको जन्तिबस्ने लेकसँगै ९३ प्रतिशत भूभागमा रेडियो नेपालको प्रसारण पहुँच पुगेको बताउनुभयो ।

एफएम ब्यान्डको १०३ मेगाहर्जमा बगनास रिले केन्द्रबाट  पाल्पा र स्याङ्जाको पुरै भूभाग त्यस्तै गरि गुल्मी, अर्घाखाँची, रुपन्देही, बाग्लुङ्ग, पर्वत लगायतका  जिल्लाका स्पष्ट सुन्न सकिन्छ । 

स्थलगत अनुगमनमा रेडियो नेपालका कार्यकारी निर्देशक बुद्धि बहादुर केसी, बगनासकाली गाउँपालिका अध्यक्ष सरस्वती चिदि, वडा अध्यक्ष थानेश्वर तिमिल्सेना, समाजसेवी कृष्ण भुषाल लगायतको सहभागिता रहेको थियो । रेडियो नेपालले गत माघ १२ गतेबाट रिले केन्द्रको स्थापना गरि पहुँच विस्तार गरेको हो  ।

समाचार पोर्टल
,