रेडियो नेपालको ७४ औँ वार्षिकोत्सव : १ सय ६० भन्दा बढीको निःशुल्क आँखा जाँच

काठमाडौँ । रेडियो नेपालको ७४ औँ वार्षिकोत्सवको उपलक्ष्यमा आज सिंहदरबारस्थित रेडियो नेपालको केन्द्रिय कार्यालयमा निःशुल्क आँखा शिविर सञ्चालन भई सम्पन्न भएको छ ।

विपी कोइराला लायन्स नेत्र अध्ययन केन्द्र, शिक्षण अस्पताल, महाराजगञ्जसँगको सहकार्यमा रेडियो नेपालले निःशुल्क आँखा शिविर सञ्चालन गरिएको हो । 

शिविरमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सहसचिव बाबुराम भण्डारी, सञ्चार मन्त्रीका प्रेस विज्ञ नरेन्द्र केसी, रेडियो नेपालका कार्यकारी निर्देशक बुद्धिबहादुर केसी, नायब कार्यकारी निर्देशकद्वय खगेन्द्र खत्री र कृष्णचन्द्र पौडेलसहित रेडियो नेपाल र नेपाल टेलिभिजनका १ सय ६० जना बढीले आँखा जाँच गराउनुभएको शिविरको संयोजन गर्नुभएका मुख्य कार्यक्रम अधिकृत पूर्णचन्द्र घिमिरेले जानकारी दिनुभयो । 

मोबाइल र कम्प्युटरमा धेरै समय बस्दा, घाम धुलो धुवाका कारण आँखा सुख्खा हुने, आँखामा मासु पलाउने, आँखा धमिलो देखिने र अधिकांशलाई चस्मा आवश्यक परेको जाँचमा  संलग्न दृष्टि विशेषज्ञ डा.निरज देव जोशीले जानकारी दिनुभयो ।

शिविरमा एभरेष्ट प्यारेन्ट्रल्स प्रालिले निःशुल्क औषधि समेत उपलब्ध गराएको थियो । 

रेडियो नेपालको ७४ औँ वार्षिकोत्सव यही चैत्र २० गते हुँदै छ । 

समाचार पोर्टल
,