पाल्पाको बगनासबाट रेडियो नेपालको ३२औँ रिले प्रसारण सुरु

पाल्पा । रेडियो नेपालले पाल्पाको बगनासकाली गाउँपालिका—९ को बगनास डाँडाबाट एफएम रिले स्टेशन स्थापना गरी आजदेखि प्रसारण सुरु गरेको छ ।

रेडियो नेपालले बगनासबाट ५०० वाट क्षमताको एफएम ट्रान्समिटर जडान गरी प्रसारण सुरु गरेको रेडियो नेपाल प्रादेशिक प्रसारण केन्द्र पोखराका कार्यालय प्रमुख सुरेन्द्रप्रसाद यादवले बताउनुभयो । नेपाल टेलिभिजनसँगको सहकार्यमा टावर, भवनसहित अन्य भौतिक संरचना प्रयोग गरी एफएम रिले प्रसारण आरम्भ गरिएको हो ।

देशका सबै भू–भागमा प्रसारण पहुँच पुर्‍याउने लक्ष्य राखेको रेडियो नेपालले ३२ औं रिले स्टेसनका रुपमा पाल्पाको बगनासमा एफएम स्टेशन स्थापना गरेको रेडियो नेपालका कार्यकारी निर्देशक बुद्धि बहादुर केसीले जानकारी दिनुभयो ।

एफएम ब्यान्डको १०३ मेगाहर्जमा सुरु गरिएको याे रिले प्रसारणबाट पाल्पा र स्याङ्जा जिल्लाका साथै गुल्मी, अर्घाखाँची, बाग्लुङ्ग, पर्वत, नवलपरासी र रुपन्देहीका केही क्षेत्रमा रेडियो नेपाल स्पष्ट सुन्न सकिने छ ।

बगनास, पाल्पाकाे एफएम रिले स्टेशन जडान कार्यका लागि रेडियो नेपालका उप निर्देशक तथा प्रादेशिक प्रसारण केन्द्र पोखराका कार्यालय प्रमुख सुरेन्द्रप्रसाद यादवको नेतृत्वमा टोली खटिएको थियो । जसमा वरिष्ठ प्राविधिक अधिकृत जगदीश शर्मा, वरिष्ठ प्राविधिक सहायक गोविन्द पाठक, टोपराज पुरी, वीर बहादुर थापा तथा पाल्पा जिल्ला संवाददाता बिष्णु खनाल लगायत संलग्न हुनुहुन्थ्यो ।

समाचार पोर्टल

सार्वजनिक सेवा प्रसारण नेपाल, रेडियो नेपालको लोक सेवा आयोगबाट लिइएको विभिन्न सेवा, समूह, तह तथा पदको लिखित परीक्षाको नतिजा ।
सार्वजनिक सेवा प्रसारण नेपाल, रेडियो नेपालको विज्ञापन नं.३५/०८१/८२(खुला तथा समावेशी), इन्जिनियरिङ्ग/प्राविधिक सेवा/समूह, तह ५, वरिष्ठ प्राविधिक सहायक पदको लिखित परीक्षाको नतिजा प्रकाशन सम्बन्धी सूचना
सार्वजनिक सेवा प्रसारण नेपाल, रेडियो नेपालको विज्ञापन नं.३४/०८१/८२(खुला तथा समावेशी), संचार तथा कार्यक्रम/समाचार/रिपोर्टिङ सेवा/समूह/उपसमूह, तह ६, सम्वाददाता पदको लिखित परीक्षाको नतिजा प्रकाशन सम्बन्धी सूचना
सार्वजनिक सेवा प्रसारण नेपाल, रेडियो नेपालको विज्ञापन नं.३३/०८१/८२(आ.ज.), संचार तथा कार्यक्रम/समाचार/सम्पादन सेवा/समूह/उपसमूह, तह ६, समाचार सम्पादक (नेपाली) पदको लिखित परीक्षाको नतिजा प्रकाशन सम्बन्धी सूचना
सार्वजनिक सेवा प्रसारण नेपाल, रेडियो नेपालको विज्ञापन नं.३१/०८१/८२(महिला), प्रशासन/व्यापार सेवा/समूह, तह ६, व्यापार अधिकृत पदको लिखित परीक्षाको नतिजा प्रकाशन सम्बन्धी सूचना