सञ्चार ग्रामबाट रेडियो म्युजियम, इ–लाइब्रेरी तथा वृत्तचित्र प्रदर्शनी सेवा आरम्भ हुँदै

विराटनगर । तारिणी प्रसाद कोइराला स्मृति सञ्चार ग्राम विराटनगरमा नेपाल सरकारको अनुदान तथा विराटनगर महानगरपालिकाको सहकार्य र सञ्चार तथा सूचना प्रविधि मन्त्रालयद्वारा स्वीकृत निर्देशिका–२०७८ अनुसार आफ्नो उद्देश्य अनुरुप सञ्चार ग्रामले आफ्नो उद्देश्य अनुसार विभिन्न क्रियाकलाप सञ्चालन गर्दै आएको छ ।

यसैैक्रममा रेडियो नेपालले सञ्चार ग्रामबाट गत भाद्र–१५ गतेदेखि महानगर एफएम रेडियो विराटनगर १०३ मेघाहर्जमा बिहान ११ बजेदेखि दिउसो दुई बजेसम्म प्रसारण गर्दै आएको छ ।

तारिणी प्रसाद कोइराला स्मृति सञ्चार ग्रामको आज बसेको सञ्चालन समितिको बैठकले सञ्चार ग्रामको उद्देश्य अनुसार आउँदो माघ महिनाको १६ गतेदेखि सहिद दिवसको अवसर पारेर रेडियो सङ्ग्रहालय म्युजियम, ई–लाइब्रेरी तथा रेडियो नेपालको इतिहास साथै तारिणीप्रसाद कोइरालाको जीवनीमा आधारित वृत्तचित्र (डकुमेन्ट्री) सरोकारवालाहरूका लागि खुल्ला गर्ने निर्णय गरेको समितिका अध्यक्ष एवं रेडियो नेपालका कार्यकारी निर्देशक बुद्धिबहादुर केसीले बताउनुभयो ।

समितिको बैठकले सञ्चार ग्राममा स्थापना भइसकेको गीत सङ्गीत रेकर्डिङ स्टुडियो तथा कन्फ्रेन्स हल सञ्चालन गर्न भाडा दररेट प्रस्तावका लागि एक उप–समिति गठन गरेको छ भने सञ्चार ग्रामको क्रियाकलापलाई डिजिटल माध्यमबाट सरोकारवाला समक्ष पुर्‍याउन सञ्चार ग्राम विराटनगरको छुटै वेबसाइट निमार्ण गर्ने निर्णय गरेको छ । स्थानीय कलाकारको माग अनुसार रेडियो नेपालले सञ्चालन गर्दै आएको तीन महिने सङ्गीत प्रशिक्षण दोस्रो पटक आगामी चैतमा सञ्चार ग्राममा सञ्चालन गर्ने निर्णय पनि समितिको बैठकले गरेको छ ।

बैठकमा रेडियो नेपालका कार्यकारी निर्देशक केसीले उल्लेखित सम्पुर्ण सेवा सञ्चालनमा आएपछि यसै आर्थिक वर्ष भित्रमा सञ्चार ग्राम पूर्ण रुपमा सञ्चालनमा आउने बताउनुभयो । उहाँले सञ्चार ग्राम पूर्ण रुपमा सञ्चालनमा आएपछि व्यावसायिक आम्दानीका लागि बाटो खुल्ला हुने बताउनुभयो ।

बैठकमा विराटनगर महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र पराजुलीले सञ्चार ग्रामले आफ्नो उद्देश्य अनुसार कार्य गर्दै आएकोमा खुसी व्यक्त गर्नुहुँदै सञ्चार ग्राम सञ्चालनका लागि महानगरपालिकाले आगामी दिनमा पनि हर प्रकारको सहयोग गर्ने बताउनुभयो ।

तारिणीप्रसाद कोइराला सञ्चार ग्रामका निर्देशक पुष्करराज गौतमले सञ्चार ग्रामको महत्त्वमाथि प्रकाश पार्नुहुँदै सञ्चार ग्रामबाट रेडियो नेपालले सञ्चालन गर्दै आएको महानगर एफएमले सञ्चार ग्रामको महत्वलाई थप बढाएको उल्लेख गर्नुभयो ।

बैठकमा समितिका सदस्य तथा मोरङका सहायक प्रमुख जिल्ला अधिकारी प्रदीपकुमार साह तथा सञ्चार ग्राम विराटनगरका प्रमुख बलराम चौधरीले सञ्चार ग्रामको स्थापनाले यस क्षेत्रको महत्व झन बढेको उल्लेख गर्नुभयो ।

नेपाल पत्रकार महासङ्घ मोरङका कार्यवाहक सभापति तारा आर्चायले सञ्चार ग्रामको स्थापनाले पत्रकारिता क्षेत्रको विकासमा टेवा पुगेको बताउनुभयो ।

बैठकमा विराटनगर महानगरपालिकाका इन्जिनियर अर्जुन थापाले सञ्चार ग्रामको निमार्णमा महानगरको भूमिकामाथि प्रकाश पार्नुभएको थियो ।

सञ्चार ग्राममा कार्यरत कर्मचारीहरूसँग हिजो र आज भएको बैठकमा रेडियो नेपालका कार्यकारी निर्देशक बुद्धिबहादुर केसीले विज्ञापन र व्यापारको माध्यमबाट सञ्चार ग्रामको आम्दानी थप बढाउन निर्देशन दिनुभयो । उहाँले सञ्चार ग्राम मेरो हो र यसका लागि आफूले काम गर्नुपर्छ भन्ने मान्यतालाई आत्मसात गर्दै सबै कर्मचारीले एक आपसमा समन्वय र सहकार्य गर्दै काम गर्दै जानुपर्नेमा जोड दिनुभयो ।

सो अवसरमा सञ्चार ग्रामका निर्देशक गौतम तथा सञ्चार ग्रामका प्रमुख चौधरीले काम गर्दा केही समस्या र गुनासा आए आफूहरूलाई जानकारी गराउन आग्रह गर्नुभयो । त्यस अवसरमा कर्मचारीहरूले आ–आफ्नो समस्या, गुनासा तथा आगामी दिनमा गर्नुपर्ने कार्यहरूबारे जानकारी गराउनुभएको थियो ।

समाचार पोर्टल

सार्वजनिक सेवा प्रसारण नेपाल, रेडियो नेपालको लोक सेवा आयोगबाट लिइएको विभिन्न सेवा, समूह, तह तथा पदको लिखित परीक्षाको नतिजा ।
सार्वजनिक सेवा प्रसारण नेपाल, रेडियो नेपालको विज्ञापन नं.३५/०८१/८२(खुला तथा समावेशी), इन्जिनियरिङ्ग/प्राविधिक सेवा/समूह, तह ५, वरिष्ठ प्राविधिक सहायक पदको लिखित परीक्षाको नतिजा प्रकाशन सम्बन्धी सूचना
सार्वजनिक सेवा प्रसारण नेपाल, रेडियो नेपालको विज्ञापन नं.३४/०८१/८२(खुला तथा समावेशी), संचार तथा कार्यक्रम/समाचार/रिपोर्टिङ सेवा/समूह/उपसमूह, तह ६, सम्वाददाता पदको लिखित परीक्षाको नतिजा प्रकाशन सम्बन्धी सूचना
सार्वजनिक सेवा प्रसारण नेपाल, रेडियो नेपालको विज्ञापन नं.३३/०८१/८२(आ.ज.), संचार तथा कार्यक्रम/समाचार/सम्पादन सेवा/समूह/उपसमूह, तह ६, समाचार सम्पादक (नेपाली) पदको लिखित परीक्षाको नतिजा प्रकाशन सम्बन्धी सूचना
सार्वजनिक सेवा प्रसारण नेपाल, रेडियो नेपालको विज्ञापन नं.३१/०८१/८२(महिला), प्रशासन/व्यापार सेवा/समूह, तह ६, व्यापार अधिकृत पदको लिखित परीक्षाको नतिजा प्रकाशन सम्बन्धी सूचना