सञ्चार मन्त्रालय र रेडियो नेपालबीच अनुदान निकासासम्बन्धी सम्झौता

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालय र रेडियो प्रसार सेवा विकास समिति (रेडियो नेपाल) बीच विभिन्न प्रयोजनका लागि अनुदान निकासा दिनेसम्बन्धी सम्झौता भएको छ ।

सम्झौता अनुसार मन्त्रालयले डिजिटल आर्काइभिङका लागि १५ लाख, तारिणीप्रसाद कोइराला सञ्चार ग्राम सञ्चालनका लागि २ करोड, समावेशी प्रसारणका लागि २ करोड, प्रादेशिक प्रसारण कार्यालय दाङमा स्टुडियो भवन निर्माणका लागि २ करोड, प्रसारण लिङ्क स्थापनाका लागि १ करोड, प्रसारण पहुँच वृद्धिका लागि २ करोड र सञ्चार तथा सूचना प्रविधि कार्यक्रम सञ्चालनका लागि १८ लाख ३९ हजार रेडियो नेपाललाई उपलब्ध गराउने छ ।

सम्झौतापत्रमा उल्लेख भएअनुसार रेडियो नेपालले सम्बन्धित शीर्षकमा उपलब्ध अनुदान बमोजिम कार्य गर्नुपर्नेछ ।

सम्झौतापत्रमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका उपसचिव केशवराज सुवेदी र रेडियो नेपालका कार्यकारी निर्देशक बुद्धिबहादुर केसीले हस्ताक्षर गर्नुभएको छ ।

समाचार पोर्टल
,