मन्त्री डा.रावलद्वारा रेडियो नेपाल प्रादेशिक प्रसारण केन्द्र दिपायलको अनुगमन

डोटी । सुदूरपश्चिम प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री डा.रण बहादुर रावलले रेडियो नेपाल प्रादेशिक प्रसारण केन्द्र दिपायलको अनुगमन तथा निरीक्षण गर्नुभएको छ ।

आज अछाम जाने क्रममा रेडियो नेपाल दिपायल पुग्नुभएका मन्त्री रावलले रेडियोको भौतिक तथा संस्थागत जानकारी लिनुभएको हो ।

सोही क्रममा  मन्त्री रावलले भन्नुभयो,‘ “रेडियो नेपाल सबैभन्दा जेठो सरकारी सञ्चार माध्यम हो । यसले जनतालाई सुसुचित गर्न महत्त्वपूर्ण भूमिका निभाएको छ । यसको संस्थागत तथा भौतिक विकासका लागि प्रदेश सरकारले सक्दो सहयोग गर्ने छ ।”

मन्त्री रावललाई रेडियो नेपाल प्रादेशिक केन्द्र दिपायलका निमित्त कार्यालय प्रमुख दान सिंह ऐरले रेडियोको भौतिक तथा संस्थागत विकासका बारेमा जानकारी गराउनुभएको थियो ।

समाचार पोर्टल
,