रेडियो नेपालमा तिज विशेष कार्यक्रम (फोटोफिचर)

काठमाडौँ । रेडियो नेपालले आज रेडियो प्रसारणमा महिला सशक्तीकरण र तीज विषयक कार्यक्रम आयोजना गर्‍यो ।

केन्द्रीय कार्यालय सिंहदरबारमा रेडियो नेपाल र दिदीबहिनी समूहले आयोजना गरेको विशेष कार्यक्रममा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव राधिका अर्यालले महिलाका विषयका बनेका कानुनहरू कार्यान्वयन नहुँदा अझै महिलाहरू अवसरबाट वञ्चित हुनुपरेको बताउनुभयो । 

उहाँले महिला सशक्तीकरणका लागि महिलाहरू आर्थिक रुपमा सबल र सक्षम हुनुपर्नेमा जोड दिनुहुँदै कानूनले व्यवस्था गरेका अधिकार प्रयोग गरेर महिलाहरू अघि बढ्नुपर्ने बताउनुभयो । 

कार्यक्रममा पत्रकार तथा महिला अधिकारकर्मी बबिता बस्नेतले महिलाहरू दोहोरो जिम्मेवारी पूरा गरेर पनि कार्यक्षेत्रमा अब्बल देखिन थालेकोमा खुसी व्यक्त गर्नुभयो । 

रेडियो नेपालका कार्यकारी निर्देशक बुद्धिबहादुर केसीले रेडियो नेपालको प्रसारण पहुँच दूरदराजका श्रोतासम्म पुग्ने हुँदा प्रसारणका माध्यमबाट महिलाको सशक्तीकरण गर्न सकिने विचार व्यक्त गर्नुभयो ।  

रेडियो नेपालका नायव कार्यकारी निर्देशक खगेन्द्र खत्रीले पछिल्लो समयमा महिलाहरू नेतृत्वमा स्थापित हुने क्रम बढेको बताउनुभयो । 

कार्यक्रममा रेडियो नेपाल दिदीबहिनी समुहका अध्यक्ष रमा पराजुली (भुर्तेल), पूर्व कर्मचारीको तर्फबाट सूर्यकुमारी पन्त, वरिष्ठ कार्यक्रम अधिकृत चन्दा विष्ट र संवाददाता यशोदा अधिकारीले तीज पर्वका नाममा हुने विकृति विसङ्गतिलाई हटाई राम्रा पक्षहरूको अनुशरण गर्नुपर्नेमा जोड दिनुभयो । 

त्यस अवसरमा सेवा निवृत्त कर्मचारीहरू चन्द्रकला शाह र निलम श्रेष्ठलाई सम्मान तथा बिदाइ गरिएको थियो । 

 

 

 

समाचार पोर्टल

सार्वजनिक सेवा प्रसारण नेपाल, रेडियो नेपालको लोक सेवा आयोगबाट लिइएको विभिन्न सेवा, समूह, तह तथा पदको लिखित परीक्षाको नतिजा ।
सार्वजनिक सेवा प्रसारण नेपाल, रेडियो नेपालको विज्ञापन नं.३५/०८१/८२(खुला तथा समावेशी), इन्जिनियरिङ्ग/प्राविधिक सेवा/समूह, तह ५, वरिष्ठ प्राविधिक सहायक पदको लिखित परीक्षाको नतिजा प्रकाशन सम्बन्धी सूचना
सार्वजनिक सेवा प्रसारण नेपाल, रेडियो नेपालको विज्ञापन नं.३४/०८१/८२(खुला तथा समावेशी), संचार तथा कार्यक्रम/समाचार/रिपोर्टिङ सेवा/समूह/उपसमूह, तह ६, सम्वाददाता पदको लिखित परीक्षाको नतिजा प्रकाशन सम्बन्धी सूचना
सार्वजनिक सेवा प्रसारण नेपाल, रेडियो नेपालको विज्ञापन नं.३३/०८१/८२(आ.ज.), संचार तथा कार्यक्रम/समाचार/सम्पादन सेवा/समूह/उपसमूह, तह ६, समाचार सम्पादक (नेपाली) पदको लिखित परीक्षाको नतिजा प्रकाशन सम्बन्धी सूचना
सार्वजनिक सेवा प्रसारण नेपाल, रेडियो नेपालको विज्ञापन नं.३१/०८१/८२(महिला), प्रशासन/व्यापार सेवा/समूह, तह ६, व्यापार अधिकृत पदको लिखित परीक्षाको नतिजा प्रकाशन सम्बन्धी सूचना