देशका सम्पूर्ण भू–भागमा रेडियो नेपालको पहुँच पुर्‍याउन आवश्यक छ : सञ्चारमन्त्री कार्की 

काठमाडौँ । सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले वर्तमान अवस्थाको प्रतिस्पर्धी युगमा रेडियो नेपालले समय सुहाउँदो नवीनतम प्रविधिहरूको उपयोग गर्दै अझ निष्पक्ष, तथ्यपूर्ण, विश्वसनीय र भरपर्दो समाचार र सूचना प्रवाह गर्नुपर्ने बताउनुभएको छ । 

रेडियो नेपालको ७२औँ वार्षिकोत्सवको अवसरमा शुभकामना सन्देश दिनुहुँदै मन्त्री कार्कीले रेडियो नेपालले राष्ट्रिय दायित्वबोध देशको बहुलतालाई सम्मान गर्दै, गाउँ र बस्तीका समस्या र सम्भावनालाई सम्बोधन गर्दै दूर दराजसम्म आफ्नो प्रसारण पहुँच पुर्‍याउनुपर्ने उल्लेख गर्नुभएको छ । 

१५औँ योजनाको अन्त्य सम्ममा नेपाल सरकारले देशका सम्पूर्ण भू–भागमा रेडियो प्रसारण पहुँच पुर्‍याउने नीति लिए अनुरूप रेडियो नेपालले एफ.एम. रिले स्टेसन, मिडियम वेभ स्टेसन र डिजिटल माध्यम इन्टरनेट अनलाइनमार्फत समेत आफ्नो प्रसारण सेवा विस्तार गर्दै लानु सुखद भएको बताउनुहुँदै उहाँले अझै पनि देशको शतप्रतिशत भू–भागमा रेडियो सुनाउन थप प्रसारण सेवा विस्तार गर्न आवश्यक रहेको बताउनुभयो । 

राष्ट्रिय कला, साहित्य, सङ्गीत र संस्कृतिको संरक्षण संवर्द्धन गर्ने र राष्ट्रिय जीवनका सबै प्रकारको दायित्व निर्वाहका लागि रेडियो नेपालमा रहेका पुराना गीत सङ्गीत तथा श्रव्य सामग्रीहरूको कालान्तरसम्म संरक्षण हुनुपर्ने भन्नुहुँदै मन्त्री कार्कीले प्रचलित र आधुनिक प्रविधिमार्फत ती सामग्रीहरूको विश्व बजारीकरण गर्दै आय आर्जन गर्न रेडियो नेपाल क्रियाशील रहनुपर्ने औँल्याउनुभयो । 

समाचार पोर्टल

सार्वजनिक सेवा प्रसारण नेपाल, रेडियो नेपालको लोक सेवा आयोगबाट लिइएको विभिन्न सेवा, समूह, तह तथा पदको लिखित परीक्षाको नतिजा ।
सार्वजनिक सेवा प्रसारण नेपाल, रेडियो नेपालको विज्ञापन नं.३५/०८१/८२(खुला तथा समावेशी), इन्जिनियरिङ्ग/प्राविधिक सेवा/समूह, तह ५, वरिष्ठ प्राविधिक सहायक पदको लिखित परीक्षाको नतिजा प्रकाशन सम्बन्धी सूचना
सार्वजनिक सेवा प्रसारण नेपाल, रेडियो नेपालको विज्ञापन नं.३४/०८१/८२(खुला तथा समावेशी), संचार तथा कार्यक्रम/समाचार/रिपोर्टिङ सेवा/समूह/उपसमूह, तह ६, सम्वाददाता पदको लिखित परीक्षाको नतिजा प्रकाशन सम्बन्धी सूचना
सार्वजनिक सेवा प्रसारण नेपाल, रेडियो नेपालको विज्ञापन नं.३३/०८१/८२(आ.ज.), संचार तथा कार्यक्रम/समाचार/सम्पादन सेवा/समूह/उपसमूह, तह ६, समाचार सम्पादक (नेपाली) पदको लिखित परीक्षाको नतिजा प्रकाशन सम्बन्धी सूचना
सार्वजनिक सेवा प्रसारण नेपाल, रेडियो नेपालको विज्ञापन नं.३१/०८१/८२(महिला), प्रशासन/व्यापार सेवा/समूह, तह ६, व्यापार अधिकृत पदको लिखित परीक्षाको नतिजा प्रकाशन सम्बन्धी सूचना