रेडियो नेपालको वार्षिक गतिविधि-२०७८

वि.सं. २००७ चैत्र २० गते स्थापना भएको नेपालकै अग्रणी प्रसारण संस्था रेडियो नेपाल आजैदेखि ७१औँ वर्ष पुरा गरी ७२ वर्षमा प्रवेश गरेको छ । यस सुखद अवसरमा हामीलाई यो अवस्थासम्म ल्याई पुर्‍याउन साथ, सहयोग दिनुहुने समआदरणीय श्रोता, नेपाल सरकार र विभिन्न मन्त्रालयहरू, विभागहरू, सरकारी तथा गैरसरकारी कार्यालयहरू र निजी सङ्घसंस्थाहरू लगायत विज्ञापन एजेन्सी एवं विज्ञापनदातासहित सम्पूर्ण शुभेच्छुकहरूप्रति हार्दिक आभार प्रकट गर्दछु । 

आधुनिक नेपालको समावेशी आवाज” को मूल नारा बोकेको रेडियो नेपालले पूर्व मेची देखि पश्चिम महाकाली सम्मका हिमाल पहाडदेखि तराइ मधेस र  अनलाइनको माध्यमबाट विदेशमा बस्नेहरूका लागि पनि उत्तिकै भरपर्दो र विश्वसनीय प्रसारण सेवा दिन सकेको छ भन्न पाउँदा रेडियो नेपाल परिवार गर्व अनुभूति गर्दछ । 

समय र प्रविधिको परिवर्तनसँगै “राष्ट्रिय रेडियो राष्ट्रको सञ्चार” रेडियो नेपालले पनि आफ्नो समाचार कार्यक्रम र प्रसारण प्रविधिमा मनग्गे परिमार्जन गर्दै समय सापेक्ष प्रत्यक्ष र अप्रत्यक्ष ढङ्गबाट नेपाली समाजको रूपान्तरणमा अहम् भूमिका खेलेको छ भन्ने हाम्रो विश्वास छ । यसै सेरोफेरोमा २०७८ वैशाखदेखि हालसम्म रेडियो नेपालले गरेको मुख्य मुख्य उपलब्धिहरूको छोटो चर्चा गर्दैछु । 

कार्यक्रम/समाचारतर्फ : विश्वलाई नै आक्रान्त पारेको कोभिड—१९ को महामारीको प्रारम्भमा रेडियो नेपालले आफ्नो प्रसारणलाई २४ सै घण्टा सञ्चालन गरी जनचेतनामूलक कार्यक्रमहरूका अतिरिक्त प्रत्यक्ष प्रसारण र विज्ञहरूसँगको कुराकानीलाई विशेष महत्त्व दिएको थियो भने २०७८ वैशाखदेखि फागुनसम्म पनि कोभिड—१९ र यसको खोप तथा सावधानीका उपायहरू सम्बन्धमा निरन्तर प्रसारण गरिरहेको थियो । आजभोलि पनि कोभिड—१९ र यससँग सम्बन्धित जनचेतनामूलक विषयवस्तुहरूको प्रसारण जारी छ ।  

२१ भाषामा समाचार र २० भाषामा कार्यक्रमहरु प्रसारण गर्ने रेडियो नेपालले श्रोताहरुको रोजाइ नै प्रसारण संस्थाको मूल विषयवस्तु हो भन्ने यथार्थलाई हृदयङ्गम गर्दै यसै वर्षदेखि प्रारम्भ गरिएका नयाँ रेडियो कार्यक्रमहरुमा “म्युजिक मन्त्र”, “सर्जक र श्रृजना”, “सङ्गीत सन्देश”, “स्वरलिपि”, “स्वरसाधना”, “समय सङ्गीत”, “समय सन्दर्भ”, “सङ्गीतमाला”, “विषय प्रसङ्ग”, “हाम्रो बोली” लगायत छन् । गत वर्ष देखिका अन्य कार्यक्रमहरुले पनि निरन्तरता पाइरहेकै छन् । यी र यस्तै कार्यक्रमहरुले गर्दा सबै २१ भाषामा समाचार र २० भाषामा कार्यक्रमहरू प्रसारण गर्ने रेडियो नेपालले श्रोताहरूको रोजाइ नै प्रसारण संस्थाको मूल विषयवस्तु हो भन्ने यथार्थलाई हृदयङ्गम गर्दै यसै वर्षदेखि प्रारम्भ गरिएका नयाँ रेडियो कार्यक्रमहरूमा “म्युजिक मन्त्र”, “सर्जक र सृजना”, “सङ्गीत सन्देश”, “स्वरलिपि”, “स्वरसाधना”, “समय सङ्गीत”, “समय सन्दर्भ”, “सङ्गीतमाला”, “विषय प्रसङ्ग”, “हाम्रो बोली” लगायत छन् । गत वर्ष देखिका अन्य कार्यक्रमहरूले पनि निरन्तरता पाइरहेकै छन् । यी र यस्तै कार्यक्रमहरूले गर्दा सबै वर्ग, लिङ्ग, क्षेत्र, भूगोल आदिको इच्छा, आवश्यकता र चाहनालाई रेडियो नेपालले सम्बोधन गरिरहेको छ भन्ने हाम्रो निर्क्योल  हो । 

यसैगरी, रेडियो नेपालका सातै प्रदेशमा रहेका प्रादेशिक प्रसारण केन्द्रबाट दिउँसो ०२ः१५ देखि बेलुकी ०६ः०० बजेसम्म प्रसारण हुने प्रादेशिक कार्यक्रम/समाचारहरूले पनि प्रादेशिक र स्थानीय जनसरोकारका मुद्दाहरूलाई उजागर गरिरहेको छ भन्ने हाम्रो विश्वास  छ । 

विगत वर्षहरुदेखि नै रेडियो नेपालले प्रयास गर्दै आएको Digitization of Audio Content and Archive System हाल सञ्चालनमा छ, जसले गर्दा रेडियो नेपालमा रहेका गीत सङ्गीत, साहित्य र अन्य श्रव्य सामग्रीहरुको संरक्षण तथा सम्बद्र्धन हुन गई वर्षौं पुराना तथा नयाँ गीत सङ्गीत लगायत अन्य श्रव्य सामग्रीहरुलाई एकातिर चिरकाल पर्यन्त सुरक्षित राख्न सकिने भएको छ भने अर्कोतिर यसै वर्षदेखि सञ्चालनमा आएको रेडियो नेपालको अर्को सपना OTT App स्थापना गरी बजारीकरण गर्ने कार्य पनि प्रारम्भ भएको छ । यसै वर्षदेखि डिजिटाइजेशन र मेटाडाटा तयार भएका अडियो सामग्रीहरुलाई रेडियो नेपालको दैनिक प्रसारणमा प्रयोग गर्ने गरी व्यवस्था पनि मिलाइएको छ । 

समाचार र कार्यक्रमहरुको प्रस्तुति, विषयवस्तु र प्रसारण तालिकामा समय सापेक्ष परिवर्तन गरी कार्यक्रम प्रसारण गर्न रेडियो नेपाल समाचार प्रसारण नीति तथा शैली पुस्तक–२०७८ को तयारी अन्तिम चरणमा पुगेको छ । नेपाल सरकारले निकट भविष्यमा रेडियो नेपाल र नेपाल टेलिभिजनलाई पूनर्संरचना गरी सार्वजनिक सेवा प्रसारण संस्था बनाउने नीति लिएको हुँदा रेडियो नेपालले सोही नीति अनुरुपका सार्वजनिक प्रसारणका विषयवस्तुहरु केन्द्रित गरी समाचार÷कार्यक्रमहरुको उत्पादन तथा प्रसारणमा विशेष जोड दिएको छ । 

गीत सङ्गीतको संरक्षण, सम्बद्र्धन र प्रवद्र्धन गर्ने उद्देश्यले रेडियो नेपालले विगत वर्षहरुमा झैं यसवर्ष पनि ३ महिने १० औं गीत सङ्गीत प्रशिक्षण कार्यक्रम सञ्चालन गरेको छ, जसबाट गीत सङ्गीतप्रति चाख राख्ने नवप्रतिभाहरुलाई प्रोत्साहन मिल्नुका साथै गीत सङ्गीतको श्रीबृद्धिमा समेत योगदान पुग्न सकेको छ । यसबाहेक यसैवर्ष रेडियो नेपालले नवकलाकारहरुको स्वर परिक्षा र आधुनिक गीत प्रतियोगिता पनि सम्पन्न गरीसकेको छ । 

प्राविधिक पक्ष : रेडियो नेपालले आफ्नो प्रसारण भूसतह र डिजिटल दुबै प्रविधिमार्फत् सञ्चालन गरिरहेको छ । जसका कारण श्रोताको आवश्यकता र प्राविधिको पहुँच/उपलब्धता अनुरुप रेडियो नेपाल, नेपाल भित्र र बाहिर पनि सुन्न सकिन्छ । भुसतह माध्यममा ५ वटा मिडियम वेभ, २७ वटा एफ.एम. स्टेशनहरु मार्फत रेडियो नेपालको सेवा उपलब्ध छ भने डिजिटल प्लेटफर्ममा www.radionepal.gov.np  र www.onlineradonepal.gov.np  (न्युज पोर्टल)मार्फत् २४ सै घण्टा रेडियो नेपाल सुन्न, पढ्न र हेर्न सकिन्छ । 

यसै वर्षदेखि डिजिटल प्रविधिमा रेडियो DRM Journaline (Wave Casting) को परीक्षण प्रसारण शुरु भैसकेको छ । यसै वर्ष प्रदेश नं. १ को सोलुखुम्बुको पत्ताले डाँडाबाट र सुदूरपश्चिम प्रदेशको डोटीको उडितोलाबाट एफ.एम. ब्याण्डमा रिले स्टेशन स्थापना भई परिक्षण प्रसारण भैरहेको छ । रेडियो नेपालको प्रसारण पहुँच बृद्धिका लागि यसै वर्ष दिपायल, सुर्खेत र पोखरा स्टेशनहरुका एफ.एम. एन्टेना र एन्टेना मास्टहरुको स्तरोन्नती गरिएको  छ । १५ औं योजना सम्ममा रेडियो प्रसारणको पहुँच शत प्रतिशत भू-भागमा पुर्‍याउने नेपाल सरकारको नीति अनुरुप यसैवर्ष गण्डकी प्रदेशको पर्वत जिल्लाको दुर्लङ्गकोट र प्रदेश नं. १ को पाँचथरको सिलौटे डाँडामा समेत एफ.एम. रिले केन्द्र स्थापना गर्न आवश्यक तयारी भैसकेको छ । प्रसारण पहुँचबृद्धि गर्ने क्रममा हाल सम्म रेडियो नेपालले करीब ९१ प्रतिशत जनसंख्यालाई आफ्नो सेवा दिईरहेको छ । 

प्रसारण लिङ्कको स्तरोन्नती गर्ने क्रममा नेपाल टेलिकमँंग सम्झौता भई १० वटा स्टेशनमा बैकल्पिक ओ.एफ.एल. लिङ्कको स्थापना गर्ने कार्य सम्पन्न भैसकेको छ । रेडियो नेपालको प्रसारणलाई डिजिटल प्राविधिमा पनि लैजान यसैवर्ष भित्र काठमाडौं उपत्यकामा डी.आर.एम. को परीक्षण प्रसारण गर्ने कार्यक्रम अन्तिम तयारीमा पुगेको छ ।

त्यस्तै, रेडियो नेपालका संस्थापक तारिणीप्रसाद कोइरालाले रेडियो नेपालको प्रसारणमा पु¥याउनुभएको योगदानको उच्च कदर गर्दै रेडियो प्रसारण क्षेत्रलाई थप विस्तार र समय सापेक्ष कार्यक्रमहरु मार्फत् पूर्व क्षेत्रमा प्रचलित गीत सङ्गीत, कला, साहित्य, संस्कृति आदिको संरक्षण एवं खोज अध्ययन र अनुसन्धान मार्फत् रेडियो नेपालको कार्य क्षेत्रलाई विस्तार गर्न विराटनगर महानगरपालिका वडा नं. ४ स्थित खार्जी चोकमा तारिणीप्रसाद कोइराला स्मृति सञ्चारग्राम स्थापना भई २०७८ चैत्र १८ गते माननीय सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीज्यूबाट समुद्घाटन भैसकेको छ । 

सञ्चारग्रामलाई मिडिया हवको रुपमा सञ्चालन गर्न तारिणीप्रसाद कोइराला स्मृति सञ्चारग्राम, विराटनगर स्थापना तथा सञ्चालन निर्देशिका २०७८ सञ्चार तथा सूचना प्राविधि मन्त्रालयबाट स्वीकृत भई कार्यान्वयनमा आइसकेको छ । फलस्वरुप सञ्चारग्रामका उद्देश्य अनुरुपका विविध क्रियाकलापहरु सञ्चालन हुने क्रममा रहेका छन् । यस्तै, विराटनगर महानगरपालिका र रेडियो नेपालबीच सञ्चारग्राम सञ्चालनका लागि माननीय सञ्चार तथा सूचना प्रविधि मन्त्रीज्यूको समुपस्थितिमा एम.ओ.यू. समेत भई सो अनुसारका क्रियाकलापहरु पनि सम्पन्न हुँदैछन् । 

वृत्ति विकासतर्फ : रेडियो नेपालमा कार्यरत जनशक्ति/मानव शंसाधन संस्थाका आधारशिला हुन् भन्ने यथार्थलाई ध्यानमा राखी विगत ४ वर्षदेखि रोकिएको कर्मचारीहरुको वृत्ति विकास अन्तर्गतको एउटा पाटो कर्मचारी बढुवा यसै वर्ष सम्पन्न भैसकेको छ । यसबाट प्रत्यक्ष रुपमा ५९ जना कर्मचारीहरुको कार्य सम्पादन मूल्याङ्कन बढुवा भएको छ भने २९ जना नयाँ जनशक्ति खुला प्रतियोगिताबाट र १८ जना स्थायी कर्मचारीको आन्तरिक प्रतियोगितात्मक परीक्षाबाट बढुवा हुने क्रममा रहेको छ । 

रेडियो नेपालले आफ्नो जनशक्तिको क्षमता अभिवृद्धि गरी प्रसारणमा प्रभावकारिता ल्याउन कार्यक्रम तथा समाचार प्रस्तुतिकरण, रेडियोको लागि लेखन, रेडियो कार्यक्रम फर्मेट तालिम ६० जनालाइ (भर्चुअल माध्यमबाट) र खरिद कार्यमा संलग्न कर्मचारीहरुलाइ Public Procurement and Its Practices in Radio Nepal विषयक तालिम २४ जनालाई (भौतिक उपस्थितिमा) उपलब्ध गराएको छ भने विगत वर्षहरुमा झैं नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठान (स्टाफ कलेज)बाट प्राप्त Advanced Course on Management and Development (ACMD) तालिम एक जनालाई र  Professional Course on Management and Development तालिम चार जनालाई उपलब्ध गराएको छ । 

त्यसैगरी, ABU Engineering Fundamentals Program (Level-2)  ९ जनालाई, ABU Quality Management Workshop– ३ जनालाई र AIBD  द्वारा World Radio Day मा आयोजित Radio and Trust विषयक कार्यशालामा पनि रेडियो नेपालले सहभागिता जनाएको छ ।  तालिमकै क्रममा Training on Digitization of Audio Contents Archiving System including Installation, Testing and Commissioning  तालिम २८ जनालाई, Radio Nepal online Workshop on Radio Program Production–  ३० जनालाई उपलब्ध गराएको छ । यसका अतिरिक्त ABU र AIBD बाट पनि Webinar  प्रविधि मार्फत रेडियो नेपालका कर्मचारीहरुलाई ध्भदष्लबच मा सहभागी गराईएको छ । 

रेडियो नेपाललाई आत्मनिर्भर र व्यवसायिक बनाउन विगत वर्षहरुदेखि नै रेडियो नेपालको व्यापार महाशाखा क्रियाशील छ । जसले रेडियो नेपालको आय आर्जनलाई बढाउन व्यापार निर्देशिकाको आधारमा विभिन्न संघसंस्था, सरकारी तथा गैर सरकारी कार्यालयहरुसँग सम्पर्क गरी विज्ञापन, कार्यक्रम तथा सन्देशहरुको सम्झौता गर्ने क्रममा ५५ वटा संघ संस्थाहरुसँग द्विपक्षीय सम्झौता गरि  हालसम्म १० करोड ६५ लाख रुपियाँ आम्दानी गरिसकेको छ । यो रकम यस आर्थिक वर्षका लागि तोकिएको लक्ष्य अनुसारको प्रगति भित्र पर्दछ । 

विगत वर्षहरुदेखि प्रदान गर्दै आएको दीर्घ सेवा पदक यो वर्ष ३६ जना स्थायी कर्मचारीले प्राप्त गर्नुभएको छ । रेडियो नेपालको सेवामा समर्पित हुँदै २५ वर्षे  सेवा गरीसक्नुभएका कर्मचारी वर्गलाई थप हौसला प्राप्त भएको छ ।गत वार्षिकोत्सवदेखि शुरु भएको उत्कृष्ट कर्मचारी सम्मान र उत्कृष्ट रेडियो स्टेशन सम्मान यो वर्ष पनि कायम छ । यसबाट संस्थामा उत्कृष्ट कार्य सम्पादन गर्न प्रेरित हुने वातावरण श्रृजना भएकोमा व्यवस्थापनले विश्वास गरेको छ । 

२०७४ सालदेखि आरम्भ भएको रेडियो नेपाल श्रष्टा सम्मान कार्यक्रम अन्तर्गत यस वर्ष पनि २ जनालाई ताम्रपत्रसहित रु. ५१०००/- का दरले सम्मान रकम दिने निर्णय भएको व्यहोरा पनि जानकारी गराउँदछु । यस कार्यले नेपाली गीत सङ्गीत क्षेत्रमा र रेडियो प्रसारणको क्षेत्रमा अमूल्य योगदान दिनुहुने र रेडियो नेपालको ख्याती वृद्धिमा सहयोग पु¥याउने व्यक्तित्वको कदर हुने र यसले गर्दा समग्र प्रसारण क्षेत्रको गरिमा वृद्धि भएको छ भन्ने रेडियो नेपालको ठम्याई छ ।  

यस वर्षको वार्षिक उत्सवमा पनि विगत वर्षहरुमा झैं राष्ट्रव्यापी आधुनिक सङ्गीत प्रतियोगिता सञ्चालन गरिएको छ, जसबाट देशैभरिका नवप्रतिभाहरुले आफ्नो उत्कृष्ट साङ्गीतिक प्रस्तुति दिनुभई नगद पुरस्कार र प्रशंसापत्रसहित विजयी हुने र गीत सङ्गीतको क्षेत्रमा आफूलाई स्थापित गर्ने सुनौलो अवसर प्राप्त गरी सक्नुभएको छ । रेडियो नेपालले विगत वर्षहरुदेखि नै सञ्चालन गर्दै आएका यस्ता प्रतियोगिताहरुबाट नवकलाकारहरुको प्रतिभा प्रस्फुटन हुनुका साथै नेपाली गीत सङ्गीतको विकास र विस्तारमा पनि थप मद्दत पुग्ने आशा लिएको छ । 

अन्तमा,
रेडियो नेपालले  श्रोताको आवश्यकता र राज्यको नीति अनुरुप सही सूचना, समाचार तथा जनचेतनामूलक, शिक्षाप्रद र मनोरञ्जनप्रद कार्यक्रमहरु उत्पादन गरी प्रसारण गर्ने कार्यमा निरन्तरता दिन सकेकै कारण नेपाल सरकारले रेडियो नेपाललाई सार्वजनिक प्रसारण माध्यममा रुपान्तरण गर्ने नीति लिएको छ । यस सम्बन्धी विधेयक हाल संसदमा विचाराधिन रहेको छ ।

ऐतिहासिक महत्व बोकेको तथा सूचना, समाचार र मनोरञ्जनको पर्यायवाची रेडियो नेपाललाई सबै सरोकारवाला, कलाकार, बुद्धिजीवी, राजनीतिज्ञ तथा तमाम रेडियोप्रेमी श्रोतावर्गबाट आवश्यक सहयोग प्राप्त भईरहने विश्वास मैले लिएको छु । आगामी दिनहरुमा पनि रेडियो नेपालको प्रसारण पहुँचलाई अझ वृद्धि गर्दै प्रसारण सामग्रीहरुलाई थप स्तरीय, जिम्मेवार र समाज उपयोगी बनाउँदै समग्र रेडियो नेपालको प्रसारणलाई सार्थक सार्वजनिक प्रसारण बनाउनेतर्फ दत्तचित्त भएर लागिपर्ने प्रतिवद्धतासहित विदा माग्दछु ।

नमस्कार  

समाचार पोर्टल
,