रेडियो नेपाल र कृषि सूचना तथा प्रशिक्षण केन्द्रबिच सम्झौता

काठमाडौँ । रेडियो नेपाल र कृषि सूचना तथा प्रशिक्षण केन्द्रबिच रेडियो नेपालबाट कृषि सचेतनासम्बन्धी सूचना तथा सन्देश प्रसारण गर्ने सम्झौता भएको छ।

सम्झौता पत्रमा रेडियो नेपालका कार्यकारी निर्देशक बुद्धिबहादुर केसी र कृषि सूचना तथा प्रशिक्षण केन्द्रका प्रमुख ईश्वरी प्रसाद पाण्डेले आज हस्ताक्षर गर्नुभयो।

रेडियो नेपाल र कृषि सूचना तथा प्रशिक्षण केन्द्रबिच यस अघि भएको सम्झौता अनुसार रेडियो नेपालबाट दैनिक साँझ ६ः४० बजे र दिउँसो १ः०५ बजे पन्ध्र मिनेटको कृषि कार्यक्रम प्रसारण हुँदै आएको छ।

समाचार पोर्टल
,