सङ्घीय संसद् र रेडियो नेपालबीच कार्यक्रम प्रसारण गर्ने सम्झौता

काठमाडौँ । सङ्घीय संसद्का गतिविधि आम नागरिकलाई जानकारी गराउने उद्देश्यले रेडियो नेपालबाट साप्ताहिकरुपमा सङ्घीय संसद् सम्बन्धी कार्यक्रम प्रसारण गरिने भएको छ । 

सङ्घीय संसद् सचिवालय र रेडियो नेपालबीच कार्यक्रम प्रसारण गर्ने सम्बन्धी आज सम्झौता भएको हो । 

सम्झौता पत्रमा रेडियो नेपालका कार्यकारी निर्देशक बुद्धि बहादुर के.सी. र सङ्घीय संसद् सचिवालयका सह–सचिव बविता मिश्रले हस्ताक्षर गर्नुभयो । 

No description available.

हस्ताक्षर कार्यक्रममा सङ्घीय संसद् सचिवालयका सचिव  सुदर्शन खड्काले सङ्घीय संसद्का काम कारबाही आम नागरिक समक्ष पुर्‍याउन रेडियो कार्यक्रम प्रसारण गर्न लागिएको बताउनुभयो ।  

सम्झौता अनुसार माघ २१ गते शुक्रवार बिहान ७:४० बजेदेखि हरेक हप्ता  शुक्रवार सोही समयमा १५ मिनेटको कार्यक्रम प्रसारण हुनेछ ।

समाचार पोर्टल
,