सङ्घीय संसद् र रेडियो नेपालबीच कार्यक्रम प्रसारण गर्ने सम्झौता

काठमाडौँ । सङ्घीय संसद्का गतिविधि आम नागरिकलाई जानकारी गराउने उद्देश्यले रेडियो नेपालबाट साप्ताहिकरुपमा सङ्घीय संसद् सम्बन्धी कार्यक्रम प्रसारण गरिने भएको छ । 

सङ्घीय संसद् सचिवालय र रेडियो नेपालबीच कार्यक्रम प्रसारण गर्ने सम्बन्धी आज सम्झौता भएको हो । 

सम्झौता पत्रमा रेडियो नेपालका कार्यकारी निर्देशक बुद्धि बहादुर के.सी. र सङ्घीय संसद् सचिवालयका सह–सचिव बविता मिश्रले हस्ताक्षर गर्नुभयो । 

No description available.

हस्ताक्षर कार्यक्रममा सङ्घीय संसद् सचिवालयका सचिव  सुदर्शन खड्काले सङ्घीय संसद्का काम कारबाही आम नागरिक समक्ष पुर्‍याउन रेडियो कार्यक्रम प्रसारण गर्न लागिएको बताउनुभयो ।  

सम्झौता अनुसार माघ २१ गते शुक्रवार बिहान ७:४० बजेदेखि हरेक हप्ता  शुक्रवार सोही समयमा १५ मिनेटको कार्यक्रम प्रसारण हुनेछ ।

समाचार पोर्टल

सार्वजनिक सेवा प्रसारण नेपाल, रेडियो नेपालको लोक सेवा आयोगबाट लिइएको विभिन्न सेवा, समूह, तह तथा पदको लिखित परीक्षाको नतिजा ।
सार्वजनिक सेवा प्रसारण नेपाल, रेडियो नेपालको विज्ञापन नं.३५/०८१/८२(खुला तथा समावेशी), इन्जिनियरिङ्ग/प्राविधिक सेवा/समूह, तह ५, वरिष्ठ प्राविधिक सहायक पदको लिखित परीक्षाको नतिजा प्रकाशन सम्बन्धी सूचना
सार्वजनिक सेवा प्रसारण नेपाल, रेडियो नेपालको विज्ञापन नं.३४/०८१/८२(खुला तथा समावेशी), संचार तथा कार्यक्रम/समाचार/रिपोर्टिङ सेवा/समूह/उपसमूह, तह ६, सम्वाददाता पदको लिखित परीक्षाको नतिजा प्रकाशन सम्बन्धी सूचना
सार्वजनिक सेवा प्रसारण नेपाल, रेडियो नेपालको विज्ञापन नं.३३/०८१/८२(आ.ज.), संचार तथा कार्यक्रम/समाचार/सम्पादन सेवा/समूह/उपसमूह, तह ६, समाचार सम्पादक (नेपाली) पदको लिखित परीक्षाको नतिजा प्रकाशन सम्बन्धी सूचना
सार्वजनिक सेवा प्रसारण नेपाल, रेडियो नेपालको विज्ञापन नं.३१/०८१/८२(महिला), प्रशासन/व्यापार सेवा/समूह, तह ६, व्यापार अधिकृत पदको लिखित परीक्षाको नतिजा प्रकाशन सम्बन्धी सूचना