काठमाडौँ । नवनियुक्त सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सरकारका काम कारबाहीलाई व्यवस्थित र पारदर्शी बनाउन सबै सरकारी निकायले सूचना प्रविधिको उच्चतम प्रयोगमा जोड दिनुपर्ने बताउनुभएको छ ।
आज मन्त्रालयमा पदभार ग्रहण गर्नुहुँदै मन्त्री कार्कीले सबै नागरिकको सूचनाको हक सुनिश्चित गर्न सरकार प्रतिबद्ध रहेको बताउनुहुँदै समयको चुनौतीलाई अवसरको रूपमा लिएर काम गर्न मन्त्रालयका कर्मचारीहरूलाई निर्देशन समेत दिनुभयो ।
मन्त्री कार्कीले राजनैतिक नेतृत्व परिवर्तनबाट प्रभावित नभई जनताको अपेक्षा अनुरूप काम गर्न मन्त्रालय मातहतका निकायहरूलाई निर्देशन समेत दिनुभयो ।