सोलुखुम्बुबाट पनि रेडियो नेपालको परीक्षण प्रसारण शुरु

काठमाडौं । रेडियो नेपालले सोलुखुम्बुको पत्तालेबाट आजदेखि परीक्षण प्रसारण शुरु गरेको छ ।

एफ एम ब्याण्डको ९८ MHz बाट प्रसारण शुरु भएसँगै प्रदेश नम्बर १ का सोलुखुम्बु, ओखलढुङ्गा, खोटाङ, भोजपुर, रामेछाप, सिन्धुली, उदयपुर लगायतका जिल्लामा रेडियो नेपालको सेवा विस्तार भएको हो । जडानमा संलग्न प्राविधिकहरुका अनुसार ती जिल्लामा अब रेडियो नेपाल प्रस्टसँग सुन्न सकिने छ ।

१५ औं पञ्चवर्षीय योजनाको अवधिभित्र देशका शतप्रतिशत भू–भागमा रेडियो नेपालको पहुँच विस्तार गर्ने लक्ष्य अनुरुप यो रिले प्रसारण विस्तार गरिएको रेडियो नेपालका कार्यकारी निर्देशक बुद्धिबहादुर केसीले जानकारी दिनुभयो ।

समाचार पोर्टल
,