सोलुखुम्बुबाट पनि रेडियो नेपालको परीक्षण प्रसारण शुरु

काठमाडौं । रेडियो नेपालले सोलुखुम्बुको पत्तालेबाट आजदेखि परीक्षण प्रसारण शुरु गरेको छ ।

एफ एम ब्याण्डको ९८ MHz बाट प्रसारण शुरु भएसँगै प्रदेश नम्बर १ का सोलुखुम्बु, ओखलढुङ्गा, खोटाङ, भोजपुर, रामेछाप, सिन्धुली, उदयपुर लगायतका जिल्लामा रेडियो नेपालको सेवा विस्तार भएको हो । जडानमा संलग्न प्राविधिकहरुका अनुसार ती जिल्लामा अब रेडियो नेपाल प्रस्टसँग सुन्न सकिने छ ।

१५ औं पञ्चवर्षीय योजनाको अवधिभित्र देशका शतप्रतिशत भू–भागमा रेडियो नेपालको पहुँच विस्तार गर्ने लक्ष्य अनुरुप यो रिले प्रसारण विस्तार गरिएको रेडियो नेपालका कार्यकारी निर्देशक बुद्धिबहादुर केसीले जानकारी दिनुभयो ।

समाचार पोर्टल

सार्वजनिक सेवा प्रसारण नेपाल, रेडियो नेपालको लोक सेवा आयोगबाट लिइएको विभिन्न सेवा, समूह, तह तथा पदको लिखित परीक्षाको नतिजा ।
सार्वजनिक सेवा प्रसारण नेपाल, रेडियो नेपालको विज्ञापन नं.३५/०८१/८२(खुला तथा समावेशी), इन्जिनियरिङ्ग/प्राविधिक सेवा/समूह, तह ५, वरिष्ठ प्राविधिक सहायक पदको लिखित परीक्षाको नतिजा प्रकाशन सम्बन्धी सूचना
सार्वजनिक सेवा प्रसारण नेपाल, रेडियो नेपालको विज्ञापन नं.३४/०८१/८२(खुला तथा समावेशी), संचार तथा कार्यक्रम/समाचार/रिपोर्टिङ सेवा/समूह/उपसमूह, तह ६, सम्वाददाता पदको लिखित परीक्षाको नतिजा प्रकाशन सम्बन्धी सूचना
सार्वजनिक सेवा प्रसारण नेपाल, रेडियो नेपालको विज्ञापन नं.३३/०८१/८२(आ.ज.), संचार तथा कार्यक्रम/समाचार/सम्पादन सेवा/समूह/उपसमूह, तह ६, समाचार सम्पादक (नेपाली) पदको लिखित परीक्षाको नतिजा प्रकाशन सम्बन्धी सूचना
सार्वजनिक सेवा प्रसारण नेपाल, रेडियो नेपालको विज्ञापन नं.३१/०८१/८२(महिला), प्रशासन/व्यापार सेवा/समूह, तह ६, व्यापार अधिकृत पदको लिखित परीक्षाको नतिजा प्रकाशन सम्बन्धी सूचना