रेडियो नेपाल र राष्ट्रिय युवा परिषदबीच सम्झौता

काठमाडौँ । रेडियो नेपाल र राष्ट्रिय युवा परिषदबीच युवा सञ्चार रेडियो कार्यक्रम प्रसारणलाई निरन्तरता दिनेसम्बन्धी सम्झौता भएको छ ।

 
सम्झौता पत्रमा रेडियो नेपालका कार्यकारी निर्देशक बुद्धि बहादुर के.सी र राष्ट्रिय युवा परिषद्का तर्फबाट परिषद्का प्रशासकीय प्रमुख डा. बाबुराम ढुङ्गानाले हस्ताक्षर गर्नुभयो ।


रेडियो नेपाल वाट हरेक आइतबार बिहान ७ः२५ बजे देखि प्रसारण हुने युवा सञ्चार कार्यक्रममा युवा वर्गलाई लक्षित गरेर विषय वस्तु समेट्ने गरिन्छ । 


त्यस अवसरमा परिषद्का उपाध्यक्ष माधव ढुङ्गेलले परिषद्ले युवाहरूका लागि स्वरोजगारी कार्यक्रम मार्फत दिने ऋण युवा उद्यम कार्यक्रम तालीम लगायतका विषयमा कार्यक्रम मार्फत युवाहरूलाई जानकारी दिन अनुरोध गर्नुभयो ।

समाचार पोर्टल

सार्वजनिक सेवा प्रसारण नेपाल, रेडियो नेपालको लोक सेवा आयोगबाट लिइएको विभिन्न सेवा, समूह, तह तथा पदको लिखित परीक्षाको नतिजा ।
सार्वजनिक सेवा प्रसारण नेपाल, रेडियो नेपालको विज्ञापन नं.३५/०८१/८२(खुला तथा समावेशी), इन्जिनियरिङ्ग/प्राविधिक सेवा/समूह, तह ५, वरिष्ठ प्राविधिक सहायक पदको लिखित परीक्षाको नतिजा प्रकाशन सम्बन्धी सूचना
सार्वजनिक सेवा प्रसारण नेपाल, रेडियो नेपालको विज्ञापन नं.३४/०८१/८२(खुला तथा समावेशी), संचार तथा कार्यक्रम/समाचार/रिपोर्टिङ सेवा/समूह/उपसमूह, तह ६, सम्वाददाता पदको लिखित परीक्षाको नतिजा प्रकाशन सम्बन्धी सूचना
सार्वजनिक सेवा प्रसारण नेपाल, रेडियो नेपालको विज्ञापन नं.३३/०८१/८२(आ.ज.), संचार तथा कार्यक्रम/समाचार/सम्पादन सेवा/समूह/उपसमूह, तह ६, समाचार सम्पादक (नेपाली) पदको लिखित परीक्षाको नतिजा प्रकाशन सम्बन्धी सूचना
सार्वजनिक सेवा प्रसारण नेपाल, रेडियो नेपालको विज्ञापन नं.३१/०८१/८२(महिला), प्रशासन/व्यापार सेवा/समूह, तह ६, व्यापार अधिकृत पदको लिखित परीक्षाको नतिजा प्रकाशन सम्बन्धी सूचना