रेडियो नेपाल र वैदेशिक रोजगार बोर्डको सचिवालयबीच सम्झौता

काठमाडौँ । रेडियो नेपाल र वैदेशिक रोजगार बोर्डको सचिवालयबीच वैदेशिक रोजगार रेडियो कार्यक्रम प्रसारणलाई निरन्तरता दिने सम्बन्धी सम्झौता भएको छ । 

सम्झौता पत्रमा रेडियो नेपालका कार्यकारी निर्देशक बुद्धि बहादुर के.सी र वैदेशिक रोजगार बोर्डको सचिवालयका तर्पmबाट कार्यकारी निर्देशक राजनप्रसाद श्रेष्ठले हस्ताक्षर गर्नुभयो ।

त्यस अवसरमा रेडियो नेपालका कार्यकारी निर्देशक बुद्धि बहादुर के.सीले वैदेशिक रोजगार कार्यक्रम रेडियो नेपालको केन्द्रीय प्रसारणका साथै देशभर रहेका २५ वटा एफ.एम रिले स्टेशनबाट प्रसारण हुने र श्रोताहरूको सहजताका लागि कार्यक्रमलाई सामाजिक सञ्जालका साथै डिजिटल प्लेट फर्ममा समेत राखिने जानकारी दिनुभयो ।

बोर्डका कार्यकारी निर्देशक राजनप्रसाद श्रेष्ठले वैदेशिक रोजगार कार्यक्रम रेडियो नेपालबाट विगत लामो समयदेखि सञ्चालन हुँदै आएको र वैदेशिक रोजगारीमा जाने श्रम शक्तिका लागि रेडियो कार्यक्रम प्रभावकारी पाइएको बताउनुभयो ।

कार्यकारी निर्देशक श्रेष्ठले वैदेशिक रोजगारीमा जोनेका लागि आवश्यक सबै सूचना र जानकारी समेटेर वैदेशिक रोजगार कार्यक्रम निर्माण गर्न सुझाव दिनुभयो ।

रेडियो नेपालबाट प्रत्येक बिहीबार बिहान ७ बजेको समाचार पछि २० मिनेट प्रसारण हुने वैदेशिक रोजगार कार्यक्रममा वैदेशिक रोजगारीमा जाने श्रम शक्तिलाई लक्षित गरेर कार्यक्रम निर्माण गरिन्छ । 

समाचार पोर्टल

सार्वजनिक सेवा प्रसारण नेपाल, रेडियो नेपालको लोक सेवा आयोगबाट लिइएको विभिन्न सेवा, समूह, तह तथा पदको लिखित परीक्षाको नतिजा ।
सार्वजनिक सेवा प्रसारण नेपाल, रेडियो नेपालको विज्ञापन नं.३५/०८१/८२(खुला तथा समावेशी), इन्जिनियरिङ्ग/प्राविधिक सेवा/समूह, तह ५, वरिष्ठ प्राविधिक सहायक पदको लिखित परीक्षाको नतिजा प्रकाशन सम्बन्धी सूचना
सार्वजनिक सेवा प्रसारण नेपाल, रेडियो नेपालको विज्ञापन नं.३४/०८१/८२(खुला तथा समावेशी), संचार तथा कार्यक्रम/समाचार/रिपोर्टिङ सेवा/समूह/उपसमूह, तह ६, सम्वाददाता पदको लिखित परीक्षाको नतिजा प्रकाशन सम्बन्धी सूचना
सार्वजनिक सेवा प्रसारण नेपाल, रेडियो नेपालको विज्ञापन नं.३३/०८१/८२(आ.ज.), संचार तथा कार्यक्रम/समाचार/सम्पादन सेवा/समूह/उपसमूह, तह ६, समाचार सम्पादक (नेपाली) पदको लिखित परीक्षाको नतिजा प्रकाशन सम्बन्धी सूचना
सार्वजनिक सेवा प्रसारण नेपाल, रेडियो नेपालको विज्ञापन नं.३१/०८१/८२(महिला), प्रशासन/व्यापार सेवा/समूह, तह ६, व्यापार अधिकृत पदको लिखित परीक्षाको नतिजा प्रकाशन सम्बन्धी सूचना