रेडियो नेपाल र वैदेशिक रोजगार बोर्डको सचिवालयबीच सम्झौता

काठमाडौँ । रेडियो नेपाल र वैदेशिक रोजगार बोर्डको सचिवालयबीच वैदेशिक रोजगार रेडियो कार्यक्रम प्रसारणलाई निरन्तरता दिने सम्बन्धी सम्झौता भएको छ । 

सम्झौता पत्रमा रेडियो नेपालका कार्यकारी निर्देशक बुद्धि बहादुर के.सी र वैदेशिक रोजगार बोर्डको सचिवालयका तर्पmबाट कार्यकारी निर्देशक राजनप्रसाद श्रेष्ठले हस्ताक्षर गर्नुभयो ।

त्यस अवसरमा रेडियो नेपालका कार्यकारी निर्देशक बुद्धि बहादुर के.सीले वैदेशिक रोजगार कार्यक्रम रेडियो नेपालको केन्द्रीय प्रसारणका साथै देशभर रहेका २५ वटा एफ.एम रिले स्टेशनबाट प्रसारण हुने र श्रोताहरूको सहजताका लागि कार्यक्रमलाई सामाजिक सञ्जालका साथै डिजिटल प्लेट फर्ममा समेत राखिने जानकारी दिनुभयो ।

बोर्डका कार्यकारी निर्देशक राजनप्रसाद श्रेष्ठले वैदेशिक रोजगार कार्यक्रम रेडियो नेपालबाट विगत लामो समयदेखि सञ्चालन हुँदै आएको र वैदेशिक रोजगारीमा जाने श्रम शक्तिका लागि रेडियो कार्यक्रम प्रभावकारी पाइएको बताउनुभयो ।

कार्यकारी निर्देशक श्रेष्ठले वैदेशिक रोजगारीमा जोनेका लागि आवश्यक सबै सूचना र जानकारी समेटेर वैदेशिक रोजगार कार्यक्रम निर्माण गर्न सुझाव दिनुभयो ।

रेडियो नेपालबाट प्रत्येक बिहीबार बिहान ७ बजेको समाचार पछि २० मिनेट प्रसारण हुने वैदेशिक रोजगार कार्यक्रममा वैदेशिक रोजगारीमा जाने श्रम शक्तिलाई लक्षित गरेर कार्यक्रम निर्माण गरिन्छ । 

समाचार पोर्टल
,