रेडियो नेपाल नेपाली जनताको साझा बोली : मन्त्री गुरुङ

File photo

काठमाडौं । सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले रेडियो नेपाल नेपाली जनताको साझा बोलीलाई मुखरित गर्ने इतिहास र गौरव भएको बताउनुभएको छ ।

रेडियो नेपाल ७१ औं बर्ष प्रवेशको अवसरमा शुभकामना सन्देश दिँदै मन्त्री गुरुले रेडियो नेपालको सात दशकको ज्ञान, सिप र अनुभव ठूलो पुँजी भएको उल्लेख गर्नुहुँदै सूचना र समाचारको माध्यमबाट मुलुकमा नयाँनयाँ प्रविधि भित्र्याउने, सुशासन र विकासको माध्यमबाट मुलुकलाई समृद्घ बनाउने अभियानमा रेडियो नेपालले सही सूचना दिंदै राष्ट्र निर्माणको अभियानमा सबैलाई एक्यवद्घता गर्ने विश्वास व्यक्त गर्नुभएको छ ।

https://drive.google.com/file/d/1FhRiYSirW3nuSQ16yi7BfKUC3QZBKZgh/preview

समाचार पोर्टल
,