रेडियो नेपालले जनता र सरकारबीच पुलको निर्वाह गरिरहेको छ : राष्ट्रपति

File Photo

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले रेडियो नेपाल स्थापनाको ७१ औँ वर्ष प्रवेशको अवशरमा शुभकामना व्यक्त गर्नुभएको छ ।

शुभकामना सन्देशमा राष्ट्रपति भण्डारीले रेडियो नेपालले मुलुकको आर्थिक विकास र  सामाजिक रूपान्तरणका लागि जनता र सरकारबीच पुलको भूमिका निर्वाह गरिरहेको उल्लेख गर्नुभएको छ ।

सन्देशमा उहाँले ‘संमृृद्घ नेपाल, सुखी नेपाली’को राष्ट्रिय सङ्कल्प आज सबैको साझा कार्यदिशा बनेको भन्दै यस अभियानलाई सफल बनाउन सबै सार्वजनिक निकाहरूमा सुशासन, पारदर्शिता र जवाफदेहीतालाई प्रवद्र्घन गर्न रेडियो नेपालले अहम् भूमिका खेल्नु पर्ने उल्लेख गर्नुभएको छ ।

नयाँ प्रविधिको विकासका कारण सूचना र प्रसारण क्षेत्रमा व्यापक परिवर्तन आएको उल्लेख गर्नुहुँदै राष्ट्रपति भण्डारीले सन्देशमा परिवर्तन अनुरूप रेडियो नेपाल थप प्रभावकारी र जनमैत्री बनाउन पर्ने भन्दै विद्यमान चुनौतीको सामान गर्दै संस्थाको व्यवस्थापकीय र प्राविधिक दुवै पक्ष सुधार गर्न रेडियो नेपाल सक्षम र क्रियाशिल हुने विश्वास व्यक्त गर्नुभएको छ ।
https://drive.google.com/file/d/13yflrIgSofK1jlhrP1VDf748EQZZACGT/preview

समाचार पोर्टल
,