आधूनिक सङ्गीत प्रतियोगिता सम्पन्न

काठमाडौँ । रेडियो नेपालको ७१ औँ वार्षिकोत्सवको अवसरमा आयोजित आधूनिक सङ्गीत प्रतियोगिता आज सम्पन्न भएको छ । रेडियो नेपालको केन्द्रीय कार्यालय सिंहदरबारमा आयोजित प्रतियोगितामा गायनतर्फ सुभाष मण्डल प्रथम, सुवासचन्द्र जोशी द्वितीय, रत्नकुमार दंगाल र मुना ठटाल तृतीय हुनु भएको छ । यसैगरी रचनातर्फ रमेश दाहाल र सङ्गीततर्फ शंकरलाल थापा (स्माइल) उत्कृष्ट घोषित हुनुभएको छ । प्रतियोगिताको उद्घाटन समारोहमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव एवं रेडियो प्रसार सेवा विकास समितिका अध्यक्ष हरिप्रसाद बस्यालले नेपालको कला संस्कृतिको जगेर्ना गर्नुका साथै सङ्गीतको संवर्द्धन र प्रवर्द्धनमा रेडियो नेपालको योगदान अतुलनीय रहेको बताउनुभयो । कार्यक्रममा रेडियो नेपालका कार्यकारी निर्देशक बुद्धिबहादुर केसीले रेडियो नेपालले २०२२ सालदेखि यस्ता प्रतियोगिताका माध्यमबाट श्रोताका रुचि र माग अनुसारका गीत सङ्गीत प्रस्तुत गर्दै आएको बताउनुभयो । 

 कार्यकारी निर्देशक केसीले सबै जाती, पेशा, लिङ्ग, धर्म र समुदायलाई समेट्दै विविध खालका सङ्गीतका माध्यमबाट समाज परिवर्तनमा रेडियो नेपालले योगदान पुर्‍याउँदै आएको उल्लेख गर्नुभयो । प्रतियोगितामा देशभरिबाट छानिएका ३१ वटा गीत सङ्गीत प्रस्तुत गरिएको थियो । प्रतियोगिताको निर्णायकमा सङ्गीततर्फ प्रकाश गुरुङ, गायनतर्फ तारा थापा र रचनातर्फ सुभाषचन्द्र ढुङ्गेल हुनुहुन्थ्यो । 

समाचार पोर्टल

सार्वजनिक सेवा प्रसारण नेपाल, रेडियो नेपालको लोक सेवा आयोगबाट लिइएको विभिन्न सेवा, समूह, तह तथा पदको लिखित परीक्षाको नतिजा ।
सार्वजनिक सेवा प्रसारण नेपाल, रेडियो नेपालको विज्ञापन नं.३५/०८१/८२(खुला तथा समावेशी), इन्जिनियरिङ्ग/प्राविधिक सेवा/समूह, तह ५, वरिष्ठ प्राविधिक सहायक पदको लिखित परीक्षाको नतिजा प्रकाशन सम्बन्धी सूचना
सार्वजनिक सेवा प्रसारण नेपाल, रेडियो नेपालको विज्ञापन नं.३४/०८१/८२(खुला तथा समावेशी), संचार तथा कार्यक्रम/समाचार/रिपोर्टिङ सेवा/समूह/उपसमूह, तह ६, सम्वाददाता पदको लिखित परीक्षाको नतिजा प्रकाशन सम्बन्धी सूचना
सार्वजनिक सेवा प्रसारण नेपाल, रेडियो नेपालको विज्ञापन नं.३३/०८१/८२(आ.ज.), संचार तथा कार्यक्रम/समाचार/सम्पादन सेवा/समूह/उपसमूह, तह ६, समाचार सम्पादक (नेपाली) पदको लिखित परीक्षाको नतिजा प्रकाशन सम्बन्धी सूचना
सार्वजनिक सेवा प्रसारण नेपाल, रेडियो नेपालको विज्ञापन नं.३१/०८१/८२(महिला), प्रशासन/व्यापार सेवा/समूह, तह ६, व्यापार अधिकृत पदको लिखित परीक्षाको नतिजा प्रकाशन सम्बन्धी सूचना