रेडियो नेपालका उत्कृष्ट कर्मचारी र संवाददाता सम्मानित

काठमाडौँ । रेडियो नेपालको केन्द्रीय तथा प्रादेशिक प्रसारण केन्द्रहरूमा कार्यरत उत्कृष्ट कर्मचारी तथा संवाददाताहरू सम्मानित हुनुभएको छ । रेडियो नेपालको ७१ औँ वार्षिकोत्सवका अवसरमा आयोजित समारोहमा चार जना उत्कृष्ट कर्मचारी तथा संवाददाताहरू सम्मानित हुनुभएको हो । 

 सम्मानित हुनेहरुमा सञ्चार तथा कार्यक्रम सेवा तर्फको प्रादेशिक प्रसारण कार्यालय धनकुटाका कार्यक्रम अधिकृत नयराज नेपाल, इन्जिनियरिङ तर्फको प्रादेशिक कार्यालय पोखराका प्राविधिक अधिकृत जगदीश शर्मा, प्रशासन तर्फको रेडियो नेपाल सिंहदरबारका कार्यालय सहयोगी गोकर्ण प्रसाद ढकाल र उत्कृष्ट संवाददाता बाँकेका नवीन गिरी हुनुहुन्छ । 

 त्यसैगरी, कार्यालय तर्फको उत्कृष्ट व्यवस्थापन तथा सबैभन्दा बढी आम्दानी गर्ने उत्कृष्ट प्रादेशिक कार्यालय धनकुटालाई पनि सम्मानत गरिएको छ । प्रादेशिक कार्यालय धनकुटाका तर्फबाट प्रमुख तिलकराम चौधरीले कदर पत्र ग्रहण गर्नुभयो ।

सम्मानित हुनु भएका चार जना उत्कृष्ट कर्मचारी तथा सम्वाददाता र उत्कृष्ट कार्यालय धनकुटालाई सञ्चार तथा सूचना प्रविधि मन्त्री मन्त्री पार्वत गुरुङले सम्मान पत्र प्रदान गर्नुभयो । 

समाचार पोर्टल

सार्वजनिक सेवा प्रसारण नेपाल, रेडियो नेपालको लोक सेवा आयोगबाट लिइएको विभिन्न सेवा, समूह, तह तथा पदको लिखित परीक्षाको नतिजा ।
सार्वजनिक सेवा प्रसारण नेपाल, रेडियो नेपालको विज्ञापन नं.३५/०८१/८२(खुला तथा समावेशी), इन्जिनियरिङ्ग/प्राविधिक सेवा/समूह, तह ५, वरिष्ठ प्राविधिक सहायक पदको लिखित परीक्षाको नतिजा प्रकाशन सम्बन्धी सूचना
सार्वजनिक सेवा प्रसारण नेपाल, रेडियो नेपालको विज्ञापन नं.३४/०८१/८२(खुला तथा समावेशी), संचार तथा कार्यक्रम/समाचार/रिपोर्टिङ सेवा/समूह/उपसमूह, तह ६, सम्वाददाता पदको लिखित परीक्षाको नतिजा प्रकाशन सम्बन्धी सूचना
सार्वजनिक सेवा प्रसारण नेपाल, रेडियो नेपालको विज्ञापन नं.३३/०८१/८२(आ.ज.), संचार तथा कार्यक्रम/समाचार/सम्पादन सेवा/समूह/उपसमूह, तह ६, समाचार सम्पादक (नेपाली) पदको लिखित परीक्षाको नतिजा प्रकाशन सम्बन्धी सूचना
सार्वजनिक सेवा प्रसारण नेपाल, रेडियो नेपालको विज्ञापन नं.३१/०८१/८२(महिला), प्रशासन/व्यापार सेवा/समूह, तह ६, व्यापार अधिकृत पदको लिखित परीक्षाको नतिजा प्रकाशन सम्बन्धी सूचना