तीन दिने अनलाइन तालिम सुरु

No description available.


काठमाडौँ । रेडियो नेपालले आजदेखि (साउन २८ -३० गतेसम्म) तीन दिने अनलाइन तालिम सुरु गरेको छ ।

भर्चुअल तालिमको उद्घाटन गर्नुहुँदै रेडियो नेपालका कार्यकारी निर्देशक बुद्धिबहादुर केसीले रेडियो नेपालको समाचार र कार्यक्रमको उत्पादन, प्रसारण र प्रस्तुतीकरणमा सहयोग पुर्‍याउन र आगामी दिनमा रेडियो नेपालको सेवालाई थप सशक्त बनाउन तालिम उपयोगी हुने विश्वास व्यक्त गर्नुभयो ।

कार्यकारी निर्देशक केसीले रेडियो नेपालको प्रसारणलाई विश्वमानसमा पुर्‍याउनका लागि डिजिटलाइजेसनका माध्यमबाट अगाडी बढाएको अवस्थामा तालिमका माध्यमबाट प्राप्त विज्ञका सुझावहरूले यसलाई थप प्रभावकारी बनाउन सकिने बताउनुभयो ।

This image has an empty alt attribute; its file name is Online-photo-1024x638.png

रेडियो नेपालका निर्देशक एवं व्यापार महाशाखा प्रमुख खगेन्द्र खत्रीले रेडियो नेपालको सेवालाई थप विश्वसनीय बनाउन तालिम फलदायी हुने बताउनुभयो ।

तालिमको पहिलो दिन आज एन्टेना फाउन्डेसनका विनय गुरागाईँले समाचार र कार्यक्रमका फर्मेटका विषयमा प्रस्तुतीकरण दिनुभयो ।

तालिमको सहजीकरण रेडियो नेपाल तालिम शाखा प्रमुख जनार्दन विष्टले गर्नुभएको थियो ।

तालिममा रेडियो नेपालको केन्द्र र प्रदेशमा विभिन्न भाषामा कार्यरत समाचार र कार्यक्रमका कर्मचारीहरूको सहभागिता रहेको छ।

साउन ३० गतेसम्म चल्ने तालिममा विज्ञहरू विनय गुरागाई मधु आचार्य र उपेन्द्र अर्यालले प्रशिक्षण दिनुहुनेछ।

समाचार पोर्टल
,