स्वास्थ्य गतिविधि प्रसारण गर्न रेडियो नेपाल र केन्द्रबीच सम्झौता

काठमाडौँ । रेडियो नेपालबाट स्वास्थ्य गतिविधि कार्यक्रम उत्पादन र प्रसारण गर्न राष्ट्रिय स्वास्थ्य शिक्षा, सूचना तथा सञ्चार केन्द्र र रेडियो प्रसार सेवा विकास समिति (रेडियो नेपाल) बीच आज सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।

सम्झौतापत्रमा केन्द्रका तर्फबाट निर्देशक केशवराज पण्डित र रेडियो नेपालका कार्यकारी निर्देशक अमरध्वज लामाले संयुक्त रुपमा हस्ताक्षर गर्नुभयो ।

रेडियो नेपालबाट स्वास्थ्य गतिविधि सम्बन्धी कार्यक्रम उत्पादन तथा प्रसारण गर्न तथा स्वास्थ्य सम्बन्धी सन्देश तथा सूचनाहरू प्रसारण गर्नेगरी रु ५९ लाख ९९ हजार नौ सय २४ रुपैयाँ रकम बराबरको सम्झौता सम्पन्न भएको हो ।

विगत देखिनै प्रसारण हुँदै आएको स्वास्थ्य सम्बन्धी सूचना तथा सन्देश कार्यक्रम २०८१ श्रावण १ गतेबाट लागू भई २०८२ असार मसान्तसम्मका लागि प्रसारण गर्ने सम्झौतामा उल्लेख गरिएको छ ।

कार्यक्रम हरेक मङ्गलवार साँझ ६ः२५ देखि ६ः४० सम्म १५ मिनेट अवधिका ४१ वटा स्वास्थ्य गतिविधि कार्यक्रमहरू प्रसारण हुने र १९३ दिन बिहान बेलुकी सात बजेको समाचार अघि दैनिक दुई पटक विज्ञापन, सूचना तथा सन्देश प्रसारण गरिने सम्झौतामा उल्लेख गरिएको छ ।

समाचार पोर्टल

सार्वजनिक सेवा प्रसारण नेपाल, रेडियो नेपालको विभिन्न पदका लिखित परिक्षामा सफल हुनुभएका उम्मेदवारहरुको प्रयोगात्मक तथा अन्तर्वार्ता मिति तोकिएको बारे सूचना
आपत्कालीन सहायता /हेल्पलाईन नम्बरहरू:
चौथो त्रैमासिक प्रगति विवरण २०८२/८३ (स्वतः प्रकाशन)
सार्वजनिक सेवा प्रसारण नेपालकाे सञ्चालक समितिमा दुई सदस्य मनोनीत
रेडियो कार्यक्रम ´बुझौ न´ शुक्रवारदेखि प्रसारण हुने
मुख्य सामग्रीमा जानुहोस् (Skip to Content)