सार्वजनिक सेवा प्रसारण संस्थाका नवनियुक्त कार्यकारी अध्यक्ष डा. विष्टद्वारा पदबहाली

काठमाडौँ । सार्वजनिक सेवा प्रसारण संस्थाका नवनियुक्त कार्यकारी अध्यक्ष डा. महेन्द्र विष्टले आज सिंहदरबारमा पदबहाली गर्नुभएको छ ।

पदबहाली गर्नुहुँदै नवनियुक्त कार्यकारी अध्यक्ष डा. विष्टले रेडियो नेपाल र नेपाल टेलिभिजनको गौरवशाली इतिहासलाई संरक्षण र प्रवर्द्धन गर्दै सार्वजनिक सेवा प्रसारणको मूल ध्येयलाई स्थापित गर्ने बताउनुभयो ।

अध्यक्ष डा. विष्टले सार्वजनिक सेवा प्रसारणको मर्म अनुसार रेडियो र टेलिभिजनका प्रसारण सामग्रीहरूलाई नागरिक केन्द्रित गर्न आवश्यक रहेको भन्नुहुँदै सार्वजनिक सेवा प्रसारण अभ्यासबाटै परिणाम दिन सकिने विश्वास व्यक्त गर्नुभयो ।

अध्यक्ष डा. विष्टले सार्वजनिक सेवा प्रशारणमा रूपान्तरण हुने क्रममा आउने चुनौतीको सामना गर्दै सबैले आ आफ्नो जिम्मेवारी उत्साहपूर्वक निर्वाह गर्न पनि  आग्रह गर्नुभयो ।

सो अवसरमा रेडियो नेपालका नायव कार्यकारी निर्देशक खगेन्द्र खत्रीले सार्वजनिक सेवा प्रसारणलाई सफल र प्रभावकारी बनाउन एकबद्ध भई लाग्न तयार रहेको बताउनुभयो ।

यस्तै नेपाल टेलिभिजनका नायव महाप्रबन्धक विष्णुराम न्यौपानेले ऐतिहासिक प्रसारण संस्थाहरूलाई संयुक्त रुपमा एक बनाई यसको प्रसारणलाई सार्वजनिक प्रसारणका रुपमा प्रमाणित गर्न सबैको सहकार्य र समन्वयको आवश्यकता रहेको बताउनुभयो ।

फोटो : मिलन ढुङ्गाना

समाचार पोर्टल

स्थायी नियुक्तिका लागि सिफारीश गरिएको सूचना ।
रेडियो नेपाल प्रादेशिक प्रसारण कार्यालय बर्दिबासको सूचना ।
सार्वजनिक सेवा प्रसारण नेपाल, रेडियो नेपालको विभिन्न पदका लिखित तथा प्रयोगात्मक परिक्षामा सफल हुनुभएका उम्मेदवारहरुको अन्तर्वार्ता मिति तोकिएको बारे सूचना
समावेशी आर्थिक विकासमा नेपाल राष्ट्र बैङ्कसँग रेडियो नेपालको सम्झौता
मुलुकको प्रसारण क्षेत्रमा रेडियो नेपालको भूमिका महत्वपूर्ण : सञ्चार मन्त्री डा. तिमिल्सिना
मुख्य सामग्रीमा जानुहोस् (Skip to Content)