सञ्चार मन्त्रालय र रेडियो नेपालबीच अनुदान निकासासम्बन्धी सम्झौता

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालय र रेडियो प्रसार सेवा विकास समिति (रेडियो नेपाल) बीच विभिन्न प्रयोजनका लागि अनुदान निकासा दिनेसम्बन्धी सम्झौता भएको छ ।

सम्झौता अनुसार मन्त्रालयले डिजिटल आर्काइभिङका लागि १५ लाख, तारिणीप्रसाद कोइराला सञ्चार ग्राम सञ्चालनका लागि २ करोड, समावेशी प्रसारणका लागि २ करोड, प्रादेशिक प्रसारण कार्यालय दाङमा स्टुडियो भवन निर्माणका लागि २ करोड, प्रसारण लिङ्क स्थापनाका लागि १ करोड, प्रसारण पहुँच वृद्धिका लागि २ करोड र सञ्चार तथा सूचना प्रविधि कार्यक्रम सञ्चालनका लागि १८ लाख ३९ हजार रेडियो नेपाललाई उपलब्ध गराउने छ ।

सम्झौतापत्रमा उल्लेख भएअनुसार रेडियो नेपालले सम्बन्धित शीर्षकमा उपलब्ध अनुदान बमोजिम कार्य गर्नुपर्नेछ ।

सम्झौतापत्रमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका उपसचिव केशवराज सुवेदी र रेडियो नेपालका कार्यकारी निर्देशक बुद्धिबहादुर केसीले हस्ताक्षर गर्नुभएको छ ।

समाचार पोर्टल

रेडियो नेपाल प्रादेशिक प्रसारण कार्यालय बर्दिबासको सूचना ।
सार्वजनिक सेवा प्रसारण नेपाल, रेडियो नेपालको विभिन्न पदका लिखित तथा प्रयोगात्मक परिक्षामा सफल हुनुभएका उम्मेदवारहरुको अन्तर्वार्ता मिति तोकिएको बारे सूचना
समावेशी आर्थिक विकासमा नेपाल राष्ट्र बैङ्कसँग रेडियो नेपालको सम्झौता
मुलुकको प्रसारण क्षेत्रमा रेडियो नेपालको भूमिका महत्वपूर्ण : सञ्चार मन्त्री डा. तिमिल्सिना
सार्वजनिक सेवा प्रसारण नेपाल, रेडियो नेपालको विभिन्न पदका लिखित परिक्षामा सफल हुनुभएका उम्मेदवारहरुको प्रयोगात्मक तथा अन्तर्वार्ता मिति तोकिएको बारे सूचना
मुख्य सामग्रीमा जानुहोस् (Skip to Content)