रेडियो नेपाल र राष्ट्रिय युवा परिषदबीच सम्झौता

काठमाडौँ । रेडियो नेपाल र राष्ट्रिय युवा परिषदबीच युवा सञ्चार रेडियो कार्यक्रम प्रसारणलाई निरन्तरता दिनेसम्बन्धी सम्झौता भएको छ ।

 
सम्झौता पत्रमा रेडियो नेपालका कार्यकारी निर्देशक बुद्धि बहादुर के.सी र राष्ट्रिय युवा परिषद्का तर्फबाट परिषद्का प्रशासकीय प्रमुख डा. बाबुराम ढुङ्गानाले हस्ताक्षर गर्नुभयो ।


रेडियो नेपाल वाट हरेक आइतबार बिहान ७ः२५ बजे देखि प्रसारण हुने युवा सञ्चार कार्यक्रममा युवा वर्गलाई लक्षित गरेर विषय वस्तु समेट्ने गरिन्छ । 


त्यस अवसरमा परिषद्का उपाध्यक्ष माधव ढुङ्गेलले परिषद्ले युवाहरूका लागि स्वरोजगारी कार्यक्रम मार्फत दिने ऋण युवा उद्यम कार्यक्रम तालीम लगायतका विषयमा कार्यक्रम मार्फत युवाहरूलाई जानकारी दिन अनुरोध गर्नुभयो ।

समाचार पोर्टल

स्थायी नियुक्तिका लागि सिफारीश गरिएको सूचना ।
रेडियो नेपाल प्रादेशिक प्रसारण कार्यालय बर्दिबासको सूचना ।
सार्वजनिक सेवा प्रसारण नेपाल, रेडियो नेपालको विभिन्न पदका लिखित तथा प्रयोगात्मक परिक्षामा सफल हुनुभएका उम्मेदवारहरुको अन्तर्वार्ता मिति तोकिएको बारे सूचना
समावेशी आर्थिक विकासमा नेपाल राष्ट्र बैङ्कसँग रेडियो नेपालको सम्झौता
मुलुकको प्रसारण क्षेत्रमा रेडियो नेपालको भूमिका महत्वपूर्ण : सञ्चार मन्त्री डा. तिमिल्सिना
मुख्य सामग्रीमा जानुहोस् (Skip to Content)