रेडियो नेपाल र बर्दिबास नगरपालिकाबिच कार्यक्रम सञ्चालन गर्ने सम्झौता

जनकपुरधाम । रेडियो नेपाल प्रादेशिक प्रसारण कार्यालय मधेश र बर्दिबास नगरपालिकाका बीचमा “हाम्रो बर्दिबास : राम्रो बर्दिबास” रेडियो कार्यक्रमको उत्पादन तथा प्रसारण गर्नेसम्बन्धी सम्झौता भएको छ ।

चालु आर्थिक वर्षको प्रत्येक महिनाको पहिलो तथा अन्तिम आइतबार ५ः१५ बजेदेखि ५ः ३० सम्म कार्यक्रम प्रसारण हुने छ । विगत वर्षदेखि नै सो कार्यक्रम सञ्चालनमा छ ।

सम्झौता पत्रमा रेडियो नेपाल प्रादेशिक प्रसारण कार्यालय मधेश प्रदेश बर्दिबासका कार्यालय प्रमुख रामपुकार राम तथा बर्दिबास नगरपालिकाको कार्यालयका तर्फबाट धर्मानन्द जोशीले हस्ताक्षर गर्नुभयो ।

कार्यक्रमबाट बर्दिबास नगरपालिकाको गतिविधिका साथै बर्दिबासका पर्यटकीय स्थलको प्रचार प्रसार गरी पर्यटन प्रवर्द्धनमा मद्दत पुग्ने विश्वास रहेको नगर प्रमुख प्रह्लाद कुमार क्षेत्रीले बताउनुभयो ।

समाचार पोर्टल

रेडियो नेपाल प्रादेशिक प्रसारण कार्यालय बर्दिबासको सूचना ।
सार्वजनिक सेवा प्रसारण नेपाल, रेडियो नेपालको विभिन्न पदका लिखित तथा प्रयोगात्मक परिक्षामा सफल हुनुभएका उम्मेदवारहरुको अन्तर्वार्ता मिति तोकिएको बारे सूचना
समावेशी आर्थिक विकासमा नेपाल राष्ट्र बैङ्कसँग रेडियो नेपालको सम्झौता
मुलुकको प्रसारण क्षेत्रमा रेडियो नेपालको भूमिका महत्वपूर्ण : सञ्चार मन्त्री डा. तिमिल्सिना
सार्वजनिक सेवा प्रसारण नेपाल, रेडियो नेपालको विभिन्न पदका लिखित परिक्षामा सफल हुनुभएका उम्मेदवारहरुको प्रयोगात्मक तथा अन्तर्वार्ता मिति तोकिएको बारे सूचना
मुख्य सामग्रीमा जानुहोस् (Skip to Content)