रेडियो नेपालले जनता र सरकारबीच पुलको निर्वाह गरिरहेको छ : राष्ट्रपति

File Photo

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले रेडियो नेपाल स्थापनाको ७१ औँ वर्ष प्रवेशको अवशरमा शुभकामना व्यक्त गर्नुभएको छ ।

शुभकामना सन्देशमा राष्ट्रपति भण्डारीले रेडियो नेपालले मुलुकको आर्थिक विकास र  सामाजिक रूपान्तरणका लागि जनता र सरकारबीच पुलको भूमिका निर्वाह गरिरहेको उल्लेख गर्नुभएको छ ।

सन्देशमा उहाँले ‘संमृृद्घ नेपाल, सुखी नेपाली’को राष्ट्रिय सङ्कल्प आज सबैको साझा कार्यदिशा बनेको भन्दै यस अभियानलाई सफल बनाउन सबै सार्वजनिक निकाहरूमा सुशासन, पारदर्शिता र जवाफदेहीतालाई प्रवद्र्घन गर्न रेडियो नेपालले अहम् भूमिका खेल्नु पर्ने उल्लेख गर्नुभएको छ ।

नयाँ प्रविधिको विकासका कारण सूचना र प्रसारण क्षेत्रमा व्यापक परिवर्तन आएको उल्लेख गर्नुहुँदै राष्ट्रपति भण्डारीले सन्देशमा परिवर्तन अनुरूप रेडियो नेपाल थप प्रभावकारी र जनमैत्री बनाउन पर्ने भन्दै विद्यमान चुनौतीको सामान गर्दै संस्थाको व्यवस्थापकीय र प्राविधिक दुवै पक्ष सुधार गर्न रेडियो नेपाल सक्षम र क्रियाशिल हुने विश्वास व्यक्त गर्नुभएको छ ।
https://drive.google.com/file/d/13yflrIgSofK1jlhrP1VDf748EQZZACGT/preview

समाचार पोर्टल

रेडियो नेपाल प्रादेशिक प्रसारण कार्यालय बर्दिबासको सूचना ।
सार्वजनिक सेवा प्रसारण नेपाल, रेडियो नेपालको विभिन्न पदका लिखित तथा प्रयोगात्मक परिक्षामा सफल हुनुभएका उम्मेदवारहरुको अन्तर्वार्ता मिति तोकिएको बारे सूचना
समावेशी आर्थिक विकासमा नेपाल राष्ट्र बैङ्कसँग रेडियो नेपालको सम्झौता
मुलुकको प्रसारण क्षेत्रमा रेडियो नेपालको भूमिका महत्वपूर्ण : सञ्चार मन्त्री डा. तिमिल्सिना
सार्वजनिक सेवा प्रसारण नेपाल, रेडियो नेपालको विभिन्न पदका लिखित परिक्षामा सफल हुनुभएका उम्मेदवारहरुको प्रयोगात्मक तथा अन्तर्वार्ता मिति तोकिएको बारे सूचना
मुख्य सामग्रीमा जानुहोस् (Skip to Content)