रेडियो नेपालमा स्तनपान तथा महिला सहायता कक्ष सञ्चालन

काठमाण्डौँ I रेडियो नेपालको केन्द्रीय कार्यालय सिंहदरबारमा आजबाट स्तनपान तथा महिला सहायता कक्ष सञ्चालनमा आएको छ । 

स्तनपान तथा महिला सहायता कक्षको आज सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव राधिका अर्यालले उद्घाटन गर्नुभयो । 

सहायता कक्षको  शुभारम्भ गर्नुहुदै सचिव अर्यालले  महिलामैत्री कार्यसस्कृतिले कार्यसम्पादनमा प्रगति हुने विश्वास व्यक्त गर्नुभयो । 

रेडियो प्रसार सेवा विकास समितिका अध्यक्षसमेत रहनुभएका सचिव अर्यालले रेडियो नेपाल र नेपाल टेलिभिजन एकीकृत भई सार्वजनिक प्रसारण सेवामा रूपान्तरण गरिदा समान हैसियतमा कर्मचारी व्यवस्थापन गरिने बताउनुभयो । 

रेडियो नेपालले प्रसारणमा व्यावसायिकता वृद्धि गर्दै लैजानु आवश्यक भएको बताउँदै उहाँले राज्यले तय गरेको समान सहभागिताको नीति कार्यान्वयन गर्नु सार्वजनिक संस्थाको दायित्व भएको विचार व्यक्त गर्नुभयो । 

उक्त समारोहमा रेडियो नेपालका कार्यकारी निर्देशक अमरध्वज लामाले सम्मानित कार्यस्थलले कार्य सम्पादनमा सकारात्मक ऊर्जा प्रवाह गर्ने बताउनुभयो । 

कार्यकारी निर्देशक लामाले महिलालाई सहानुभूति मात्रै नभइ सम्मान गर्न सक्नुपर्ने बताउँदै  रेडियो नेपाल पिएसवीमा रूपान्तरण हुँदा कर्मचारीको नेतृत्व तहमा महिला प्रतिनिधित्व सुनिश्चित हुने गरी ऐन नियम बनाउन आफ्नो पहल रहने प्रतिबद्धता जनाउनुभयो । 

त्यसैगरी रेडियो नेपालका उपनिर्देशक एवं दिदीबहिनी समूहकी अध्यक्ष प्रज्ञा शरदले आफूहरूले वर्षौँदेखि माग गर्दै आएको महिला कर्मचारीका लागि स्तनपान तथा महिला सहायता कक्ष स्थापना हुनु गौरपूर्ण भएको बताउनुभयो । 

समाचार पोर्टल

सार्वजनिक सेवा प्रसारण नेपाल, रेडियो नेपालको विभिन्न पदका लिखित परिक्षामा सफल हुनुभएका उम्मेदवारहरुको प्रयोगात्मक तथा अन्तर्वार्ता मिति तोकिएको बारे सूचना
आपत्कालीन सहायता /हेल्पलाईन नम्बरहरू:
चौथो त्रैमासिक प्रगति विवरण २०८२/८३ (स्वतः प्रकाशन)
सार्वजनिक सेवा प्रसारण नेपालकाे सञ्चालक समितिमा दुई सदस्य मनोनीत
रेडियो कार्यक्रम ´बुझौ न´ शुक्रवारदेखि प्रसारण हुने
मुख्य सामग्रीमा जानुहोस् (Skip to Content)