रेडियो नेपालमा नयाँ नियुक्त भएका कर्मचारीलाई प्रतिस्पर्धामा खरो उत्रन सञ्चार सचिवको आग्रह

काठमाडौँ I सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव एवं रेडियो प्रसार सेवा विकास समितिका अध्यक्ष डा. बैकुण्ठ अर्यालले रेडियो नेपालको प्रसारण पहुँच करिब ९२ प्रतिशत जनसङ्ख्यामा पुगेको अवसरलाई यसका नयाँ तथा पुराना जनशक्तिले उच्च सदुपयोग गर्नुपर्ने बताउनुभएको छ । 

रेडियो नेपालमा आज आयोजित स्थायी नियुक्ति कर्मचारीहरूका लागि सेवा प्रवेश अभिमुखीकरण तालिममा सचिव डा. अर्यालले रेडियो नेपालसँग अवसर र चुनौती दुवै भएकाले नव प्रवेशी जनशक्ति उच्च मनोबलका साथ प्रतिस्पर्धामा खरो उत्रनुपर्नेमा जोड दिनुभयो ।  

उहाँले रेडियो नेपाल विगतका गीत, सङ्गीत तथा समाचार र कार्यक्रमको अभिलेखालय भएको र यसका प्रसारकहरूले स्वतन्त्रतापूर्वक राज्य र नागरिकबीच पुलको काम गर्नुपर्ने बताउनुभयो । 

कार्यक्रममा, रेडियो नेपालका कार्यकारी निर्देशक बुद्धिबहादुर केसीले नव प्रेवशी जनशक्तिलाई आफ्नो क्षमता व्यवहारिक रुपमा निखार्दै संस्थाको हितका लागि कार्यक्षेत्रमा सफल हुनुपर्ने आवश्यकता औँल्याउनुभयो । 

रेडियो नेपालका नायव कार्यकारी निर्देशक खगेन्द्र खत्रीले रेडियो नेपालबाट सेवा प्रवाह गर्दा काम गर्ने तरिका तथा सोचमा परिवर्तन ल्याउँदै प्रविधिको उच्च प्रयोग गर्नुपर्नेमा जोड दिनुभयो ।  

तालिममा रेडियो नेपालमा प्रशासन, समाचार, रिपोर्टिङ, कार्यक्रम, लेखा, प्राविधिक र व्यापारमा स्थायी नियुक्त हुनुभएका ३१ जना लगायतका कर्मचारीहरूको सहभागिता रहेको छ । 

आजदेखि सुरु भएको अभिमुखीकरण तालिम २३ गतेसम्म सञ्चालन हुनेछ । 

तालिम अवधिभर रेडियो नेपालका शाखा तथा महाशाखा प्रमुख, विषयविज्ञहरुले अभिमुखीकरण तालिम सञ्चालन गर्नुहुनेछ । 

समाचार पोर्टल

सार्वजनिक सेवा प्रसारण नेपाल, रेडियो नेपालको विभिन्न पदका लिखित परिक्षामा सफल हुनुभएका उम्मेदवारहरुको प्रयोगात्मक तथा अन्तर्वार्ता मिति तोकिएको बारे सूचना
आपत्कालीन सहायता /हेल्पलाईन नम्बरहरू:
चौथो त्रैमासिक प्रगति विवरण २०८२/८३ (स्वतः प्रकाशन)
सार्वजनिक सेवा प्रसारण नेपालकाे सञ्चालक समितिमा दुई सदस्य मनोनीत
रेडियो कार्यक्रम ´बुझौ न´ शुक्रवारदेखि प्रसारण हुने
मुख्य सामग्रीमा जानुहोस् (Skip to Content)