रेडियो नेपालबाट स्वर परीक्षा उत्तीर्ण कलाकारहरूलाई प्रमाण पत्र वितरण

काठमाडौँ । रेडियो नेपालले सञ्चालन गरेको स्वर परीक्षामा उर्तिण कलाकारहरूलाई आज प्रमाण पत्र वितरण गरिएको छ । 

२०७९ साल फागुन महिनामा लिइएको विभिन्न विद्याको स्वर परीक्षामा सहभागी २ सय १७ जना मध्ये उर्तिण भएका १ सय २१ कलाकारहरूलाई आज एक कार्यक्रमकाबीच प्रमाण पत्र प्रदान गरिएको हो । 

स्वर परीक्षामा लोकगीत तर्फ ७३ जना, आधुनिक गीत तर्फ ३८, वाद्यवादन तर्फ ७ जना र भजन तर्फ ३ कलाकार उर्तिण भएका छन् । 

स्वर परीक्षा उर्तिण कलाकारहरूलाई प्रमाण पत्र वितरण कार्यक्रममा रेडियो नेपाल सञ्चालक समितिका सदस्य तथा वरिष्ठ गायक सिताराम पोखरेलले  स्वर परीक्षा उर्तिण गर्नु नयाँ प्रतिभाहरूका लागि सङ्गीत क्षेत्रमा प्रवेश गर्ने एक महत्वपूर्ण अवसर भएको बताउनुभयो ।  

कार्यक्रममा रेडियो नेपालका कार्यकारी निर्देशक बुद्धिबहादुर केसीले रेडियो नेपालले नेपाली गीतसङ्गीत क्षेत्रको प्रवर्द्धनलाई सदैव उच्च प्राथमिकता दिई काम गर्दै आएको बताउनुभयो ।

कार्यकारी निर्देशक केसीले रेडिया नेपालले नवप्रतिभा प्रस्फुटन गर्ने अवसर प्रदान गर्नुका साथै अब्बल कलाकार जन्माउने थलोको रुपमा समेत महत्वपूर्ण भूमिका निर्वाह गरिरहेको बताउनुभयो ।

कार्यक्रममा नायव कार्यकारी निर्देशक खगेन्द्र खत्रीले सङ्गीत क्षेत्रका दिग्गज कलाकारहरूको कला प्रस्फुटन भएको एक महत्त्वपूर्ण साङ्गीतिक धरोहरको रुपमा  स्वर परीक्षा स्थापित भएको बताउनुभयो । 

यस्तै कार्यक्रममा रेडियो नेपाल कार्यक्रम महाशाखाका प्रमुख तारा प्रसाद बस्ती, सङ्गीत शाखा प्रमुख मनराज नकर्मीले रेडियो नेपालले विगत देखी सञ्चालन गदै आएको स्वर परीक्षाका बोरमा जानकारी गराउनुभयो ।

कार्यक्रममा स्वर परीक्षा उर्तिण कलाकारहरू रोशनी रोकाय, रत्न परियार र राजु तामाङले साङ्गीतिक प्रस्तुति राख्नुभएको थियो ।

समाचार पोर्टल

सार्वजनिक सेवा प्रसारण नेपाल, रेडियो नेपालको विभिन्न पदका लिखित परिक्षामा सफल हुनुभएका उम्मेदवारहरुको प्रयोगात्मक तथा अन्तर्वार्ता मिति तोकिएको बारे सूचना
आपत्कालीन सहायता /हेल्पलाईन नम्बरहरू:
चौथो त्रैमासिक प्रगति विवरण २०८२/८३ (स्वतः प्रकाशन)
सार्वजनिक सेवा प्रसारण नेपालकाे सञ्चालक समितिमा दुई सदस्य मनोनीत
रेडियो कार्यक्रम ´बुझौ न´ शुक्रवारदेखि प्रसारण हुने
मुख्य सामग्रीमा जानुहोस् (Skip to Content)