रेडियो नेपालबाट अवकाश प्राप्त कर्मचारीको सामूहिक बिदाई

काठमाडौँ । रेडियो नेपालमा विभिन्न पदमा कार्यरत २२ जना सेवा निवृत्त हुनुभएका कर्मचारीको आज सामूहिक बिदाइ गरिएको छ । 

रेडियो नेपालमा आज आयोजित सेवा निवृत्त कर्मचारी बिदाइ तथा कदर पत्र वितरण समारोहमा गत वर्षको जेठ १८ गतेदेखि यही साउन १८ गतेसम्म सेवा निवृत्त हुनुभएका कर्मचारीको बिदाइ गरिएको हो ।  

रेडियो नेपालका कार्यकारी निर्देशक बुद्धि बहादुर केसीले बिदाइ कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै निवृत्त हुनुभएका कर्मचारीको गुण, ज्ञान, सिप र क्षमता ग्रहण गरी संस्थालाई सफल बनाउन लाग्नुपर्ने बताउनुभयो । 

कार्यकारी निर्देशक केसीले निवृत्त हुनुभएका सबै कर्मचारीहरूलाई उमेरले अवकाश भएपनि काम गर्ने क्षमता र इच्छाशक्तिका कारण अझै सक्षम हुनुभएकाले आगामी यात्रा अझै ऊर्जावान् बनाउन शुभकामना दिनुभयो । 

कार्यक्रममा, नायव कार्यकारी निर्देशक खगेन्द्र खत्री, नायव कार्यकारी निर्देशक कृष्णचन्द्र पौडेल, रेडियो प्रसार विकास समितिका सदस्य तिलकजंग बुढाथोकी, प्रशासन महाशाखा प्रमुख बद्री विशाल तण्डुकारले सेवा निवृत्त कर्मचारीहरूलाई आगामी दिनमा अझै प्रगति गर्न शुभकामना दिनुभयो । 

कार्यक्रममा, सेवा निवृत्त हुनुभएका मुख्य प्रशासकीय अधिकृत इन्द्रजित थापा, भोजपुरी समाचार सम्पादक ढुनराज पन्थी, वरिष्ठ प्रशासकीय अधिकृत रत्न प्रसाद श्रेष्ठले लामो समय रेडियो नेपालमा कार्यरत रहँदाको अनुभव सुनाउनुहुँदै रेडियो नेपालको उन्नतिको कामना गर्नुभयो ।  

समाचार पोर्टल

सार्वजनिक सेवा प्रसारण नेपाल, रेडियो नेपालको विभिन्न पदका लिखित परिक्षामा सफल हुनुभएका उम्मेदवारहरुको प्रयोगात्मक तथा अन्तर्वार्ता मिति तोकिएको बारे सूचना
आपत्कालीन सहायता /हेल्पलाईन नम्बरहरू:
चौथो त्रैमासिक प्रगति विवरण २०८२/८३ (स्वतः प्रकाशन)
सार्वजनिक सेवा प्रसारण नेपालकाे सञ्चालक समितिमा दुई सदस्य मनोनीत
रेडियो कार्यक्रम ´बुझौ न´ शुक्रवारदेखि प्रसारण हुने
मुख्य सामग्रीमा जानुहोस् (Skip to Content)