रेडियो नेपालका नवनियुक्त कार्यकारी निर्देशक लामाद्वारा पदभार ग्रहण

प्रसारण सेवाको विकास र विस्तारका लागि सामूहिक प्रयासको आवश्यकता रहेको कार्यकारी निर्देशकको भनाई

काठमाडौँ । रेडियो नेपालका नवनियुक्त कार्यकारी निर्देशक अमरध्वज लामाले आज पदभार ग्रहण गर्नुभएको छ ।

पदभार ग्रहण गर्नुहुँदै नवनियुक्त कार्यकारी निर्देशक लामाले रेडियो नेपालको प्रसारणलाई अझ बढी समावेशी र व्यावसायिक बनाउने गरी आफूले काम गर्ने बताउनुभयो ।

कार्यकारी निर्देशक लामाले प्रसारण सेवाको विकास र विस्तारका लागि सामूहिक प्रयासको आवश्यकता रहेको भन्नुहुँदै एकीकृत कार्ययोजना बनाएर अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

कार्यकारी निर्देशक लामाले कर्मचारीहरूलाई सहज र उत्साहजनक वातावरणमा काम गर्नसक्ने गरी नतिजामुखी प्रणालीको व्यवस्था गर्ने बताउनुभयो ।

प्रदेश प्रसारण केन्द्रहरूलाई स्रोतसाधन सम्पन्न बनाउने, महिला कर्मचारी तथा अपाङ्गता भएका कर्मचारीहरूका लागि काम गर्ने सहज वातावरणको व्यवस्थापन गर्ने पनि कार्यकारी निर्देशक लामाले उल्लेख गर्नुभयो ।

कार्यक्रममा रेडियो नेपाल सञ्चालक समितिका सदस्य तिलकजंग बुढाथोकीले रेडियो प्रसारणलाई वर्तमान प्रविधि सुहाउँदो बनाई सबैको मन जित्ने गरी सामग्री उत्पादन तथा प्रसारण गर्नुपर्नेमा जोड दिनुभयो ।

नायव कार्यकारी निर्देशक खगेन्द्र खत्रीले संस्था र नागरिकप्रतिको दायित्वलाई आत्मसाथ गर्दै नयाँ नेतृत्व अघि बढ्नुपर्ने बताउनुभयो ।

यस्तै, कार्यक्रममा रेडियो नेपालका नायव कार्यकारी निर्देशक द्वय चन्द्रभुषण लाल दास र कृष्णचन्द्र पौडेलले सार्वजनिक प्रसारण सेवामा रूपान्तरण हुन गइरहेको रेडियो नेपालले अहिले पनि त्यस अनुरूपको दायित्व निर्वाह गरिरहेको बताउनुभयो ।

समाचार पोर्टल

रेडियो नेपाल प्रादेशिक प्रसारण कार्यालय बर्दिबासको सूचना ।
सार्वजनिक सेवा प्रसारण नेपाल, रेडियो नेपालको विभिन्न पदका लिखित तथा प्रयोगात्मक परिक्षामा सफल हुनुभएका उम्मेदवारहरुको अन्तर्वार्ता मिति तोकिएको बारे सूचना
समावेशी आर्थिक विकासमा नेपाल राष्ट्र बैङ्कसँग रेडियो नेपालको सम्झौता
मुलुकको प्रसारण क्षेत्रमा रेडियो नेपालको भूमिका महत्वपूर्ण : सञ्चार मन्त्री डा. तिमिल्सिना
सार्वजनिक सेवा प्रसारण नेपाल, रेडियो नेपालको विभिन्न पदका लिखित परिक्षामा सफल हुनुभएका उम्मेदवारहरुको प्रयोगात्मक तथा अन्तर्वार्ता मिति तोकिएको बारे सूचना
मुख्य सामग्रीमा जानुहोस् (Skip to Content)