रेडियो कार्यक्रम ´बुझौ न´ शुक्रवारदेखि प्रसारण हुने

काठमाडौँ । मौसमजन्य विपद्बाट हुने जोखिम न्यूनीकरण र जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले रेडियो नेपालले नयाँ कार्यक्रम´बुझौं न´ शुक्रवारदेखि प्रसारण हुदैछ ।

आगामी शुक्रबारदेखि हरेक हप्ता प्रसारण हुने उक्त कार्यक्रमको पहिलो शृङ्खला शुक्रबार बिहान ७ः४० बजे रेडियो नेपालबाट प्रसारण हुनेछ। कार्यक्रममा बाढी, पहिरो, चट्याङ, डुबान, हावाहुरी लगायत मौसमका कारण उत्पन्न हुन सक्ने विपद्बाट कसरी सुरक्षित रहने भन्ने विषयमा जनचेतनामूलक सामग्री तथा सम्बन्धित क्षेत्रका विज्ञहरूसँगको अन्तरक्रिया समेटिनेछ।

यो कार्यक्रम रेडियो नेपालको सामाजिक सञ्जाल फेसबुक, युट्युब र वेब साइटमा समेत हेर्न र सुन्न सकिने छ ।

समाचार पोर्टल

रेडियो नेपाल प्रादेशिक प्रसारण कार्यालय बर्दिबासको सूचना ।
सार्वजनिक सेवा प्रसारण नेपाल, रेडियो नेपालको विभिन्न पदका लिखित तथा प्रयोगात्मक परिक्षामा सफल हुनुभएका उम्मेदवारहरुको अन्तर्वार्ता मिति तोकिएको बारे सूचना
समावेशी आर्थिक विकासमा नेपाल राष्ट्र बैङ्कसँग रेडियो नेपालको सम्झौता
मुलुकको प्रसारण क्षेत्रमा रेडियो नेपालको भूमिका महत्वपूर्ण : सञ्चार मन्त्री डा. तिमिल्सिना
सार्वजनिक सेवा प्रसारण नेपाल, रेडियो नेपालको विभिन्न पदका लिखित परिक्षामा सफल हुनुभएका उम्मेदवारहरुको प्रयोगात्मक तथा अन्तर्वार्ता मिति तोकिएको बारे सूचना
मुख्य सामग्रीमा जानुहोस् (Skip to Content)