राष्ट्रब्यापी खुला आधुनिक सङ्गीत प्रतियोगीता सम्बन्धी रेडियो नेपालको सूचना

रेडियो नेपालले आफ्नो ७२ औं वार्षिकोत्सबको उपलक्ष्यमा राष्ट्रब्यापी खुला आधुनिक सङ्गीत प्रतियोगीता आयोजना गर्ने भएकोले उक्त प्रतियोगीतामा भाग लिन इच्छुक कलाकारहरुले मिति २०७८ साल फागुन १६ गते देखि फागुन ३० गते सम्म आफुले प्रतियोगीतामा गाउने गीतको प्रतिलिपी सहीत आवेदन दिनु हुन यो सूचना प्रसारण गरिएको छ ।

सहभागी कलाकारहरुले प्रतियोगीताका सम्बन्धमा ध्यान दिनु पर्ने कुराहरु:
१. प्रतियोगीतामा गाउने गीत मौलीक हुनु पर्नेछ । उक्त गीतका साथ गीतकार तथा सङ्गीतकार को सहमती पेश गर्नु पर्नेछ ।
२. प्रतियोगीतमा भाग लिन इच्छुक कलाकारहरुले २०७८ साल फागुन १६ गते देखि फागुन ३० गते सम्म सार्वजनिक बिदाको दिन वाहेकका दिन सिंहदरवारको पुर्वी ढोकामा रहेको रेडियो नेपालको स‍‌ङ्गीत डेस्कमा ११ः ३० देखि २ः३० बजे सम्म आवेदन दिनु पर्नेछ ।
३. प्रतियोगीतामा गाउने गीतको छनौट २०७८ साल चैत्र ४,६,७ र ८ गते रेडियो नेपाल सिंहदरवारमा हुनेछ ।
४. छनौटमा पर्न सफल भएका कलाकारहरुलाई मात्र प्रतियोगीतामा सहभागी गराइनेछ ।
५. छनौटमा पर्नु हुने कलाकारहरुको नामावली चैत्र १० गते प्रकासीत गरिने छ ।
६. प्रतियोगीतामा प्रथम , द्धितिय र तृतिय हुने कलाकारहरु तथा उत्कृष्ट गीति रचना र उत्कृष्ट सङ्गीतलाई आर्कषक नगद पुरोस्कार प्रदान गरिनेछ । उक्त पुरोस्कार रेडियो नेपालको ७२ औं बार्षिकोत्सबको बिशेष कार्यक्रममा प्रदान गरिने छ ।
७. यस समन्धमा थप जनककारीका लागि रेडियो नेपाल सङ्गीत शाखाको टेलिफोन नं ०१—४२११८५० मा सम्पर्क गर्न सकिने छ ।
८. आवेदन शुल्क रु ५००/- मात्र लाग्ने छ ।

सूचना सन्देश

<object class="wp-block-file__embed" data="https://radionepal.gov.np/wp-content/uploads/2022/03/nibedan-dhacha.pdf" type="application/pdf" style="width:100%;height:600px" aria-label="Embed of <strong>निवेदन ढाँचानिवेदन ढाँचाDownload

समाचार पोर्टल

रेडियो नेपाल प्रादेशिक प्रसारण कार्यालय बर्दिबासको सूचना ।
सार्वजनिक सेवा प्रसारण नेपाल, रेडियो नेपालको विभिन्न पदका लिखित तथा प्रयोगात्मक परिक्षामा सफल हुनुभएका उम्मेदवारहरुको अन्तर्वार्ता मिति तोकिएको बारे सूचना
समावेशी आर्थिक विकासमा नेपाल राष्ट्र बैङ्कसँग रेडियो नेपालको सम्झौता
मुलुकको प्रसारण क्षेत्रमा रेडियो नेपालको भूमिका महत्वपूर्ण : सञ्चार मन्त्री डा. तिमिल्सिना
सार्वजनिक सेवा प्रसारण नेपाल, रेडियो नेपालको विभिन्न पदका लिखित परिक्षामा सफल हुनुभएका उम्मेदवारहरुको प्रयोगात्मक तथा अन्तर्वार्ता मिति तोकिएको बारे सूचना
मुख्य सामग्रीमा जानुहोस् (Skip to Content)